रामेछापमा म्यादी प्रहरीको भर्ना खुल्यो

 शनिबार, चैत्र १२, २०७३ | onlinenews

     स्थानीय तहको निर्वाचन २०७४ को लागि रामेछाप जिल्लामा म्यादी प्रहरीको भर्ना खुलाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले एक सूचना प्रकाशीत गरि म्यादी प्रहरीको लागि भर्ना आब्हान गरेको छ ।
नैतिक पतन नदेखिएका, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको फौजदारी अभियोगमा कसुरदार नठहरिएका, १८ वर्ष पुगि ४५ वर्ष

ननाघेका साधारण लेखपढ गर्नसक्ने नेपाली नागरिकले म्यादी प्रहरीका लागि आवेदन दिन पाउँने सूचनामा उल्लेख गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा कार्यरत रही पेन्सन वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी, पूर्व वन रक्षकहरु, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलमा भर्नाको लागि आवेदन गरी शारीरिक परीक्षणमा समेत समावेश भएका प्रवेश पत्रको प्रतिलिपी पेश गर्ने, विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरुमा काम गरी सेवा निवृत्त नेपाली पूर्व सुरक्षाकर्मीहरु, विगतका संविधान सभा निर्वाचनमा म्यादी प्रहरीको रुपमा भर्ना भई राम्रो काम गरेका व्यक्तिहरुलाई प्राथमिकता दिइने पनि जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा जारी सूचना भनिएको छ ।
जिल्लामा म्यादी प्रहरीको संख्या कति हुने भनि किटान भने नभइसकेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक कुमोध ढुङ्गेलले बताए ।
इच्छुक ब्यक्तिले यही चैत्र ११ गते बिहान १० बजेदेखि १७ गते बेलुका ५ बजेसम्म जिल्ला प्रहरी कार्यालय रामेछापमा आवेदन दिन सक्नेछ ।
५५ दिन कार्यावधि हुने म्यादी प्रहरीको तलब भत्ता नेपाल प्रहरीको प्रहरी जावानले पाउँने तलब भत्ता सरह हुने र तोकिए बमोजीम अन्य सेवा सुविधा समेत पाउँने सूचनामा उल्लेख छ ।

प्रतिकृया

Add