आज एमाले रामेछापको बैठक बस्दै, स्थानीय तहको निर्वाचनबारे के निर्णय गर्ला त एमालेले ?

 सोमवार, चैत्र १४, २०७३ | onlinenews

चैत्र १४, रामेछाप । मौसम तातिएसँगै रामेछाप जिल्लामा स्थानीय तह निर्वाचनको सरगर्मी पनि बढ्दै गएको छ । जनताको १९ वर्ष लामो प्रतिक्षापछि  संघारमै आइपुग्न लागेको निर्वाचनले जिल्लाभित्र रहेका सानाठूला सबै दललाई चुनावी माहोलले तताउन सुरु गरेको छ ।
राज्यको पुनःसंरचनाले २०५४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा हुन गइरहेको निर्वाचनमा आकाश र पातलको दुरीको अन्तर हुने भएका यसवर्ष दलहरु निर्वाचनको दुई महिना पहिलेदेखि नै चुनावी माहोललाई कसरी आफ्नो पक्षमा पार्न सकिन्छ भन्ने अभियानमा जुटेका छन् ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले समेत आगामी वैशाख ३१ गतेको लागि तोकिएको निर्वाचनको लागि आफ्नो तयारी पूरा भइसकेको बताएको छ ।
स्थानीय तहको चुनावमा उठ्न उम्मेदवारको नाम सर्वजनिक गुपचुपै राखिएको बेला नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिका–१ को अध्यक्ष पदको उम्मेदवार घोषणा गरेसँगै रामेछाप जिल्लामा चुनावि माहोल अझ तातिएको छ ।
स्थानीय तहको निर्वाचनमा एमाले रामेछापले कस–कसको हातमा उम्मेदवारको टिकट थमाउने हो भन्ने ? सबै दल पहिला प्रतिस्पर्धीले उम्मेदवारको घोषणा गरोस् भन्ने पक्षमा देखिन्छ । प्रतिस्पर्धीले खडा गर्ने उम्मेदवारको आधारमा, कस्तो उम्मेदवारको काउन्टर दिने भन्ने तयारीमा रहेका छन् राजनीतिक पार्टीहरु ।
चुनावि अभियान अन्तर्गत एमाले रामेछापका जिल्ला कमिटिका पदाधिकारी जिल्लाको नगर तथा गाँउपालिका  स्तरीय ६४ वटा वडा कमिटि व्यूँताएर भर्खरै सदरमुकाम फर्किएका छन् ।
आज सदरमुकाम मन्थलीमा हुने जिल्ला समितिको बैठकमा जिल्ला समितिका ७३ जना सदस्यमध्य लगभग सबै सहभागि हुने जिल्ला कमिटिका सूचना विभाग प्रमुख प्रकाश कार्कीले जानकारी दिएका छन् ।
बैठकमा साविकका ११ इलाका इञ्चार्जहरुको समेत सहभागिता रहने जनाइएको छ । कार्कीका अनुसार बैठकले नँया संरचना अनुसार नगरपालिका स्तरको कमिटि र गाँउपालिका स्तरको कमिटिको गठनको विषयमा छलफल गर्नेछ ।
बैठकको मुल एजेण्डाको रुपमा नगरपालिका, गाँउपालिका र वडा स्तरका उमेदवारको निर्धारीत मापदण्डअनुसार छालफल हुने पनि कार्कीले बताए । स्थानीय निर्वाचनको पूर्व तयारीका बारेमा समेत व्यापक छलफल गरिने उनको भनाई छ ।

नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले उमेदवारीको विषयमा छलफल गरिने जानकारी दिंदै औपचारिक रुपमा निर्णय भने आजको नगर्ने बताए ।
गाँउपालिका र नगरपालिकाका वडा सदस्य र वडा अध्यक्ष सम्मको उमेदवारको टिकटको सवालमा जिल्ला कमिटिले निर्णय गर्न सक्ने अधिकार भए पनि गाँउपालिका प्रमुख र नगरप्रमुखको उमेदवारको टुङ्गो प्रदेशले नै निर्णय गर्ने श्रेष्ठले बताए । नगरप्रमुखको उम्मेदवारी प्रदेशले टुङ्गो लगाउने भएको बैठकमा नगर प्रमुखबारे छलफल नहुने पनि एमाले सचिव श्रेष्ठले बताए ।

प्रतिकृया

Add