काँग्रेसको चुनावि अभियानः घरघरमा पुगौँ, नेपाली काँग्रेसलाई जिताऔँ

 शुक्रबार, फाल्गुन २७, २०७८ | onlinenews

रामेछाप । नेपाली काँग्रेस रामेछाप चुनावि अभियानमा जुटेको छ । घरघरमा पुगौँ, नेपाली काँग्रेसलाई जिताऔँ भन्ने नारासहित नेपाली काँग्रेस रामेछापले चुनावि अभियान सञ्चालन गर्न लागेको हो । पार्टीको केन्द्रीय नीति अनुसार यही फागुन २९ गतेदेखि चुनावि अभियान सञ्चालन हुने छ भने काँग्रेस रामेछापले अभियान अन्तर्गत चैत्र ९ गतेदेखि २१ गतेसम्म चुनावि अभियान सञ्चालन गर्ने नेपाली काँग्रेस रामेछापले जनाएको छ ।
बिहीबार पत्रकार सम्मेलन गरि काँग्रेसको चुनावि अभियानबारे जानकारी दिइएको हो । जिल्लाको ६४ वटै वडाहरुमा ८० प्रतिशत टोल कमिटीहरु गठन भइसकेको र चैत्रको पहिलो हप्ताभित्र टोल कमिटीहरु गठन भइसक्ने नेपाली काँग्रेस रामेछापका प्रवक्ता नारायणबहादुर बोगटीले जानकारी दिए ।
चुनावि अभियान सञ्चालनको लागि जिल्लाका ८ वटै स्थानीय तहका लागि संयोजक समेत तोकेको छ । पार्टी उपसभापति–लेखबहादुर कार्की, रामेछाप नगरपालिका, सचिव–विनोद कार्की मन्थली नगरपालिका, सचिव–दिपक खड्का गोकुलगंगा गाउँपालिका, सह–सचिव– ध्रुर्व चौलागाई सुनापति गाउँपालिका, सह–सचिव– कमल योञ्जन लिखु तामाकोसी गाउँपालिका, कोषाध्यक्ष–लालबहादुर थापागर दोरम्बा शैलुङ्ग गाउँपालिका र प्रवक्ता नारायणबहादुर बोगटीलाई उमाकुण्ड गाउँपालिकाको संयोजक तोकिएको काँग्रेस रामेछापले जनाएको छ । नेपाली काँग्रेस रामेछापले रुपान्तरित काँग्रेसको प्रत्याभूति दिलाउने प्रतिवद्धता सहित काम गरिरहेको पनि प्रवक्ता बोगटीले बताए ।

प्रतिकृया

Add