रामेछापको दोरम्बामा ३ सय ३३ जनाको मोतियाविन्दुको शल्यक्रिया

 आइतवार, चैत्र ६, २०७८ | onlinenews

रामेछाप । रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिकामा आँखामा मोतियाविन्दु भएका विरामीको लागि निःशूल्य शल्यक्रिया शिविर सञ्चालन गरिएको छ । बृद्धबृद्धा, अशक्त, न्यून आए भएका तथा विपन्न ब्यक्तिहरुलाई लक्षित गरि निःशूल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको हो । रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग, खाँडादेवि र सुनापति गाउँपालिकालाई केन्द्र बनाई सञ्चालन गरिएको शिविरमा दोलखा र सिन्धुलपाल्चोकका विरामीहरु समेत आएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमान सिं मोक्तानले बताए ।
शिविरका लागि जिल्ला सामुदायिक आँखा केन्द्र रामेछाप, टिडिएच जर्मनी र पिएसएफ लक्जेम्वर्ग, सामुदायिक विकास समाजद्धारा सञ्चालित महिला तथा बाल सशक्तिकरणः स्वास्थ्य तथा सरसफाई परियोजना र गाउँपालिकाको समन्वयमा फागुन १८ गतेदेखि चैत्र २ गतेसम्म सञ्चालन गरिएको आँखा परिक्षण शिविरबाट छनौट भएका विरामीहरुको मोतियाविन्दुको शल्यक्रिया गरिएको परियोजना संयोजक तिलक कार्कीले जानकारी दिए । चैत्र ३ गतेदेखि ६ गतेसम्म सञ्चालन गरिएको शिविरमा ३ सय ३३ जना मोतियाविन्दुका विरामी आँखा शल्यक्रिया गरिएको पनि कार्कीले बताए ।
आँखाको ज्योति गुमेका बृद्धबृद्धालाई पुनः आँखाको ज्योति प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको सामुदायिक विकास समाज मन्थली रामेछापको कार्यकारी निर्देशक मिलनकुमार घिसिङले बताए । सामुदायिक विकास समाजले विगतदेखि नै स्वास्थ्य सम्बन्धि विभिन्न शिविरहरु सञ्चालन गर्दै आएको र सोही अनुसार दोरम्बामा पनि मोतियाविन्दु भएको विरामीहरुको लागि निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको घिसिङले बताए ।
गाउँमै मोतियाविन्दुको शल्यक्रिया शिविर सञ्चालन हुँदा आफूहरुलाई निकै सहज भएको विरामीहरुको भनाई छ । शिविरमा तिलगंगा आँखा प्रतिष्ठाका नेत्र विशेषज्ञ डा. सन्दुक रुइत सहितको चिकित्सक टोलीे सहभागि भएकाले शल्यक्रिया गराउने विरामीको संख्या समेत थपिएको आयोजकको भनाई छ । काठमाडौंमा ५० हजार रुपैयाँ खर्च गरेर एउटा आँखाको शल्यक्रिया गराएका हर्क लामाले अर्को आँखाको शल्यक्रिया गाउँमै निःशुल्क गर्न पाएकोमा खुसी ब्यक्त गरे ।
दोरम्बा शैलुङ्ग गाउँपालिकाका धेरैजसो बृद्धबृद्धा, न्यून आए भएका तथा विपन्न परिवारका मानिसहरु मोतियोविन्द देखिएकाले गाउँपालिकामै निःशूल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको दोरम्बा शैलुङ्ग गाउँपालिका अध्यक्ष कमान सिं मोक्ताले बताए । गाउँपालिकामा विकास निर्माण लगाएका अन्य धेरै काम गरिए पनि आँखाको ज्योति गुमेका बृद्धबृद्धा बुबा आमालाई पुनः आँखाको ज्योति प्रदान गर्न सकियो भने पुन्य हुने मान्यताको साथ गाउँपालिकामा निःशूल्क मोतियाविन्दु शल्यक्रिया शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मोक्तानको भनाई छ ।

प्रतिकृया

Add