द्वन्द प्रभावितालाई वायरिङ्ग तथा प्लम्बि तालिम

 बुधबार, चैत्र १६, २०७३ | onlinenews

    स्थानीय शान्ति समितिले द्वन्द प्रभावित परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको हाउस वायरिङ्ग तथा प्लम्बिङ तालिमको बुधबार एक औपचारिक कार्यक्रमको बीच उद्घाटन गरिएको छ ।
 जिल्लाका द्वन्द प्रभावित परिवारका २७ युवा युवतिको लागि सञ्चालन गर्न लागिएको ५२ दिने तालिमको रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले उद्घाटन गरेका हुन् ।
तालिमको उद्घाटन समारोहलाई संवोधन गर्दै प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले तालिमले सहभागिको क्षमता बृद्धि गर्ने र स्वरोजगार बन्न सहयोग पुग्ने बताए ।
शान्ति समिति द्वन्द प्रभावितहरुको लागि मात्र काम गर्ने संस्था भएकोले द्वन्द प्रभावित परिवारका ब्यक्तिको लागि मात्र तालिम सञ्चालन गर्न लागेको बताए ।
गाउँमा दक्ष जनशक्ति नहुँदा समयमै घर निर्माण हुन नसकेको भन्दै यस्ता तालिमले पुनःनिर्माणमा पनि सहयोग पुग्ने प्रजिअ खत्रीले बताए ।
स्थानीय शान्ति समिति रामेछापका संयोजक लेखबहादुर कार्कीले द्वन्द प्रभावित परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको बताए ।
१० वर्षे जनयुद्ध नेपालको सबै भन्दा कहालिलाग्दो अवस्था भएकाले द्वन्दका पीडित र प्रभावितहरुको आर्थिक उपार्जनको लागि तालिम उपभयोगि हुनेमा आपूmले विश्वास लिएको उनले बताए ।
द्वन्दको कारण  समाजमा अशान्ति उत्पन्न भएको भन्दै सामाजिक मेलमिलाप र भाइचाराले मात्र शान्ति स्थापना गर्न सकिने कार्कीले बताए ।
द्वन्द प्रभावित, द्वन्द पीडित र उमेर समूहलाई हेरेर तालिमको प्रशिक्षार्थीको छनौट गरिएको पनि कार्कीले बताए । तालिमको सहजिकरण भने यूनिक शोसिएल एण्ड टेक्निकल सर्भिस प्रा.लि. अन्तर्गत अनिल थोकर र धनबहादुर बुढाथोकीले गर्नेछन् ।

प्रतिकृया

Add