एमाले मन्थली नगर कमिटिको बैठक

 शुक्रबार, चैत्र १८, २०७३ | onlinenews

चैत १८, रामेछाप – नेकपा एमाले मन्थली नगर कमिटीको बैठक आज सम्पन्न भएको छ । नगर कमिटीको संयोजक कृष्णहरी अधिकारीको अध्यक्षतामा बसेको वैठकले स्थानीय निकायको निर्वाचनमा केन्द्रित एजेण्डामा छलफल भएको नेता रमेश बस्नेतले जानकारी दिए ।
स्थानीय निकायको निर्वाचन नजिकिए सँगै अब पार्टीले नगरक्षेत्र भित्रका कार्यक्रमलाई तीव्रता दिने नेता बस्नेतको भनाई छ । यसैगरी  वैठकले नगर कमिटी सचिवमा रामबाबु घिमिरे र उपसचिवमा राजु कार्कीलाई चयन गरेको छ ।
बैठकमा १४  वडाका वडा संयोजकहरुले पार्टीको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको बारेमा आफ्नो धारणा राखेका थिए । यसैगरी एमाले नगर कमिटीले चैत्र २६ गते मन्थलीमा युवा विद्यार्थी भेला, २७ चैतमा महिला दलित र २८ चैतमा शिक्षक संगठनको भेला गर्ने निर्णय गरेको ।
त्यसैगरी चैत २५ गते मन्थली नगरपालिका भित्रका सबै वडाको भेलागर्ने निर्णय गरेको नगर संयोजक कृष्णहरी अधिकारीले जानकारि दिए ।  बैठकलाई नेता तुलाप्रसाद कडेँल, आनन्द श्रेष्ठ, माया कार्की, प्रेम बहादुर तामाङ लगायतले संबोधन गरेका थिए ।

प्रतिकृया

Add