हावाहुरीले रामेछापको सदरमुकाममा चिलविल

 शनिबार, चैत्र १९, २०७३ | onlinenews

चैत्र १९, रामेछाप– रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा शनिबार साँझ पानी परेसँगै चलेको हावाहुरीले सदरमुकामबासीलाई चिलविल बनाएको छ ।
झम्केसाँझमै परेको पानी र हावाहुरीले घरको छानामा प्रयोग गरिएका जस्तापाता, हार्डवेर ब्यवसायिले गोदाममा राखेका हिलटेक ट्यांक, प्लाई, पाइप लगायतका सामाग्री उडाएको छ ।
हुरीले उडाएका सामाग्रीहरु केही भेटिए पनि धरैजसो सामानहरु हावाले कहाँ पु¥यायो भन्ने पत्तो छैन । अहिले साँझ परेकाले उडाएको समान भोली खोज्ने प्रिन्स भाँडा पसलका प्रोप्राइटर लालबाबु शाहले बताए । बिक्रीको लागि हालै ल्याइएको साना तथा ठूला ड्रम गरि ३ सय वटा रहेकामा १५ वटा भेटिएको र अन्य बाँकी पत्तो नभएकाले भोली विहान खोजी गर्ने उनले बताए ।
हुरीले यसरी ब्यवसायिको सामाग्री उडाउँदा सवारी साधान समेत जाम भएको थियो भने पैदल यात्रीलाई ज्यान जोगाउँन मुस्कील परेको थियो ।  त्यसैगरी व्यापार व्यवसायिहरुको पसलमा रहेको समान समेत हुरीले उडाएर सडकभरी पारिदिएको थियो ।
घरको साइडमा पार्किङ्गमा राखिएको मोटरसाइकल समेत हावाले लडाएर क्षति पु¥याएको थियो । दैनिक बेलुका साढे ८ देखि ९ बजेसम्म खुल्ला रहने गरेको ब्यापार व्यवसायहरु पनि हावाहुरीसँगै बेलुका ७ बजे नै बन्द गरिएका छन् ।

प्रतिकृया

Add