एमालेले सार्वजनिक ग¥यो मन्थलीमा तीन उम्मेदवार नाम

 आइतवार, चैत्र २७, २०७३ | onlinenews

चैत २७, रामेछाप
आामी वैशाख ३१ गते हुने स्थानीय तहकोे निर्वाचको मिति नजिँकिदै जाँदा रामेछाप जिल्लामा चुनावि महौल पनि तातिदैं गएको छ । राजनीतिक दलले स्थानीय तहको लागि आफ्ना उम्मेदवार घोषणा गर्ने क्रम पनि बढेको ।
देशभरीकै पहिलो उम्मेदवारको रुपमा रामेछाप जिल्लाबाट नेकपा माओवादी केन्द्रले मन्थली नगरपालिका वडा नं. १ बाट वडा अध्यक्षको रुपमा नारायणदाश श्रेष्ठको उम्मेदवारी घोषणा गरेको थियो ।
यस्तै शनिबर मन्थलीमा आयोजना गरेको एक औपचारिक कार्यक्रमबाट नेकपा एमालले तीन उम्मेदवारको नाम सार्वजनिक गरेको छ । जसमा मन्थली नगरपालिका वडा नं. १ का वडा अध्यक्षमा उज्वल सुवेदी, मन्थली नगरपालिका वडा नं.२ मा सुरेन्द्र कार्की र वडा नं. ३ मा यामबहादुर थापालाई नेकपा एमालेले अध्यक्ष पदको लागि पार्टीको तर्फबाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।
त्यसैगरी गोकुलगंगा गाँउपालिका वडा नं १ बाट वडा अध्यक्ष पदको उम्मेदवारमा खगेन्द्र खड्कालाई अघि सारेको छ । रामेछापको उत्तरी भुगोलमा रहेको उमाकुण्ड गाँउपालिका वडा नं. ७ बाट रुद्रमणि नेवारको नाम घोषणा गरेको छ ।

मन्थली नगरपालिका– १ मा नारायणदाशको काउन्टरमा उज्वल

विगतको स्थानीय निकायको चुनावको तुलनामा यसवर्ष हुन गइरहेको स्थानीय तहको चुनावले सबैको ध्यान खिचेको छ । यो निर्वाचबाट राजनीतिक भागबण्डाको अन्त्य हुने र जित्नेले सत्ता सत्ता सञ्चालन गर्ने भएकाले पनि चुनावमा सबैको ध्यान केन्द्रीत हुन स्वभाविक हो ।
रामेछाप जिल्लाको सन्दर्भमा विकशीत शहरको रुपमा अगाडि बढिरहेको सदरमुकाम मन्थलीमा  मेयरदेखि वडा सम्मको नेतृत्व कस्ले बाजी मार्ला भन्नेमा सबैको ध्यान तालिएको छ । विगतको निर्वाचनमा प्रायः सबै पार्टीले उम्मेदवारको रुपमा लामो समयसम्म पार्टीकोमा काम गरेका व्यक्तिलाई अघि सार्ने गरेको देखिन्थ्यो । यसवर्ष हुन लागेको निर्वाचनमा भने अधिकांश युवा उम्मेदवारको नाम घोषणा गर्नुले पनि यो निर्वाचमा कस्ले बाजी मार्ने भन्नेमा राजनीतिक दलमा होड चलेको निश्चित छ ।
मन्थली नगरपालिका वडा नं. १ बाट अध्यक्षको उम्मेदवारमा नेकपा माओवादी केन्द्रले करिव २ हप्ता अघि नै नारायणदाश श्रेष्ठको नाम घोषणा गरेको थियो । त्यही वडामा शनिबार नेकपा एमालेले उज्वल सुवेदीलाई उम्मेदवार बनाएको छ ।

को हुन त नारादाश र र उज्वल ?

नेकपा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार नारायणदाश श्रेष्ठ विगतका निर्माण व्यवसायी हुन् । नेपाल आर्मीको जागिर पछि केही समय विदेशमा रहेका श्रेष्ठले समाजसेवीको पहिचान बनाएका छन् ।
उनले सदरमुकाम मन्थलीमा रामेछाप सामुदायिक अस्पताल सञ्चालन गर्दै आएका छन् । लामो सयमदेखि माओवादी केन्द्रमा सक्रिय रहेका श्रेष्ठ अहिले नेकपा माओवादी केन्द्रका रामेछाप जिल्ला समिति सदस्य समेत रहेका छन् ।
उता उज्वल सुवेदी भने विद्यार्थी राजनीतिबाट आएका हुन् । उज्वलले लामो समय नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूको विभिन्न जिम्मेवारीहरु सम्हाल्दै आएका थिए । सुवेदीले २०५६ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्यको जिम्मेवारी लिएका थिए । त्यस्तै २०६० सालमा जिल्ला कमिटिको कोषाध्यक्ष र २०६२ सालमा सम्पन्न भएको स्ववियू निर्वाचनमा तात्कालिन महेन्द्रोदय बहुमुखि क्याम्पसका स्ववियू सभापति हुदै बागमति अञ्चल अध्यक्षको भुमिका समेत निर्वाह गरेका थिए  । अहिले पनि सुवेदी अनेरास्ववियूको केन्द्रिय सदस्य हुन् भने जिल्ला कमिटी रामेछापमा सल्लाहकारको भूमिकामा छन् ।

प्रतिकृया

Add