सबै पार्टीलाई निर्वाचनमा सहभागि हुन एमाले अध्यक्ष ओली आग्रह

 बिहिबार, बैशाख ७, २०७४ | onlinenews

चैत्र ७, रामेछाप– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा सहभागी हुन सबैलाई आग्रह गरेका छन् ।
बैंककबाट उपचार गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक विधि मान्ने राजनीतिक दलले निर्वाचनमा अत्तो थाप्न नहुने बताए ।
मधेसी दलबीच भएको एकतालाई आफूले सकारात्मक रुपमा लिएको ओलीले बताए । निर्वाचनलाई सबै राजनीतिक दलहरुले आफ्ना नीति, व्यवहार र काम जनताबाट परीक्षण गर्ने अवसरका रुपमा लिनुपर्ने ओलीको भनाई छ । पछिल्ला दिनमा नेपाली कांग्रेसले खेलेको भूमिकाप्रति आफू सन्तुष्ट रहेको पनि उनले बताए ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलहरुले भाग लिने विश्वास समेत व्यक्त गरे ।
उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रतिकृया

Add