माओवादीले घोषणा ग¥यो मन्थलीको मेयर सहित १० वडाका उम्मेदवार

 आइतवार, बैशाख १०, २०७४ | onlinenews

मन्थली- आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्र रामेछापले मन्थली नगरपालिकाको मयेर सहित १० वडाका उम्मेदवार घोषणा गरेको छ ।
माओवादी केन्द्रले मन्थलीमा शनिबार एक औपचारिक कार्यक्रम गरी आफ्ना उम्मेदवारको नाम सार्वजनिक गरेको हो । मेयर र उपमेयर सहित नगरपालिकाका १४ वडा मध्ये १० वडामा अध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यको उम्मेदवारी घोषणा गरेको छ ।
उम्मेदवार घोषणा गर्न बाँकी मन्थली नगरपालिका वडा नं. ६, ८, १२ र १४ को  उम्मेदवारी पनि चाँडै चयन गरिने माओवादी केन्द्र रामेछापले जनाएको छ ।
 सर्वसम्मतिबाट सार्वजनिक गरिएका मन्थली नगरपालिका अन्तर्गतका उम्मेदवारलाई कार्यक्रमका प्रमुख अतिथि एवं रामेछाप क्षेत्र नं. २ का सांसद श्यामकुमार श्रेष्ठ (कुशल) ले खादा, अविर लगाई विजयको अग्रिम शुभकामना दिएका थिए ।
उम्मेदवार घोषणा कार्यक्रमलाई संवोधन गर्दै संसाद श्रेष्ठले सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेर व्रेक थ्रु गरेको भन्दै माओवादीले चुनाव जित्ने सुनिश्चित भएको दावि गरे ।
उनले क्रान्तिकारीहरुको लागि पराजय कहिल्यै स्वीकार्य नहुने भन्दै कार्यकर्ता तथा उम्मेदवारहरुलाई जनताको घरदैलोमा जान आग्रह समेत गरेका छन् ।
निर्वाच विथोल्न राष्ट्रिय अन्तराष्ट्रिय षड्यन्त्रकारीहरु लागे पनि वैशाख ३१ गर्ने नै निर्वाचन हुने उल्लेख गर्दै निर्वाचन हुन्छ कि हुँदैन भन्नेमा संका नगर्न पनि आग्रह गरेका छन् ।
“हामी प्रतिस्पर्धाको लागि तयार छौं, यदि कोहि प्रतिस्पर्धा गर्न आउँदैन भने उनीहरु सदाको लागि बढारिने छ”– सासद श्रेष्ठले भने । स्थानीय तहको निर्वाचनप्रतिको बुझाई भ्रम रहेको भन्दै यो निर्वाचन १९ वर्ष पछिको स्थानीय निकायको नभएर आधुनिक युगको ऐतिहासिक स्थानीय तहको पहिलो निर्वाचन भएको पनि उनले प्रष्ट्याए ।

मन्थलीलाई नमूना नगरपालिका बनउने श्रेष्ठको उद्घोष
यस्ता छन् उनको मुख्य योजनाहरु

मन्थली नगरपालिकाको मेयरका उम्मेदवार तथा पूर्व सांसद तारानारायण श्रेष्ठले मन्थलीलाई नेपालकै नमुना नगरपालिका बनाउने उद्घोष गर्दै गरेका छन् । विस्तृत योजना पछि सार्वजनिक गर्ने बताउँदै उने सार्वजनिक गरेका योजनाहरु यस्ता छन् ।
–तामाकोशी रोड करिडोर भित्रका खेतियोग्य जमिनमा लिफ्ट सिंचाई गर्ने, सवै वडामा सडक कालोपत्रे गर्ने ।
–बस्ती वस्तिमा सडक, विद्युतिकरण, घरघरमा खानेपानी धारो,  फुलासी, सालु लगायका ठाउँहरुमा जुनारको पकेट क्षेत्र बनाउने ।
– शहीद पार्क निर्माण, मन्थली क्याम्पसको स्तरोेन्नती, सी.टी.भी.टी कक्षालाई अत्याधुनिक बनाउने, स्थानीय स्तरमै रोजगारको सिर्जना गरि युवाहरुलाई विदेश पलायन हुनबाट रोक्ने लगायत रहेका छन् ।
को–को छन् त घोषणा भएका उम्मेदवारमा
मेयर : तारानारायण श्रेष्ठ (विगुल)
उप–मेयर ः रीतादेवी घिमिरे (रमिला)
वडा नं. १
अध्यक्ष                        : नारायणदाश श्रेष्ठ
सदस्य                        : गणेशबहादुर माझी, रुद्र भुजेल
महिला सदस्य              : कमला पाख्रिन
दलित महिला सदस्य : बालकुमारी वि.क
वडा नं. २
अध्यक्ष                    : कुङ्गलाला तामाङ
सदस्य                   : विमलनारायण श्रेष्ठ
वडा नं. ३
अध्यक्ष                     : रमेश बहादुर बरुवाल
सदस्य                      : मान ब. बुढाथोकी, बल ब. खत्री
महिला सदस्य           : हरिमाया मगर
दलित महिला सदस्य : टुल्कमाया कामी
वडा नं. ४
अध्यक्ष                      : विरेन्द्र कुमार वज्रचार्य
सदस्य                     : जित ब. आलेमगर
महिला सदस्य         : ममिता श्रेष्ठ
वडा नं. ५
अध्यक्ष             : राम ब कार्की
वडा नं. ७
अध्यक्ष                        :  शिर ब. माझी
सदस्य                        : पूर्ण ब. माझी, प्रकाश बुढाथोकी
महिला                        : सुन्तली तामाङ
दलित महिला सदस्य    : निशा वर्माशाखा
वडा नं. ९
अध्यक्ष                          : दिलिपराज गिरी
सदस्य                          : मानप्रसाद श्रेष्ठ, शिवरण ब. वोहरा
महिला सदस्य               : हिरा गिरी
दलित महिला सदस्य     : सुमित्रा सेन्चुरी

वडा नं. १०
अध्यक्ष             : भरत बोहरा (अर्जुन)

प्रतिकृया

Add