मतदाता शिक्षा कार्यक्रम प्रभावहिन भएको सरोकारवालाको भनाई

 आइतवार, बैशाख २४, २०७४ | onlinenews

वैशाख २०७४- रामेछाप जिल्लामा मतदाता शिक्षा कार्यक्रम प्रभावविहिन भएको जिल्लाका सरोकारवालाहरुले गुनासो गरेका छन् । जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको आचासंहिता समम्बन्धि पत्रकार सम्मेलनमा सहभागिहरुले मतदाता शिक्षा प्रभाववहिन भएको गुनासो गरेका हुन् ।
मतदाताको घरघरमा पुगेर मतदान गर्न सिकाउने उद्देश्यले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको भए पनि मतदाता शिक्षामा खटिएका सहजकर्ताहरुले गाउँटोलमा पुगर मतपत्रको नमूना टाँस्ने मात्र काम गरेको सरोकारवालाहरुको भनाई छ ।
मतदाता शिक्षा कार्यक्रम लिएर गाउँ गएका सहजकर्ताहरु मतदता सम्म नपुगेको पत्रकार टीका प्रकाप्रसाद भट्टले बताए । मतदाता शिक्षा कार्यक्रम अहिलेसम्म गाउँगाउँमा नपुगेको अर्को एक सभागिले बताए ।
जिल्ला निर्वाचन कार्यालय रामेछापले भने मतदाता शिक्षा कार्यक्रमको लागि जिल्लाभरी १ सय ७५ जना सहजकर्ताहरु परिचालन गरिएको बताएको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका प्रमुख कपिलप्रसाद उपाध्यायले आपूm चुनावि काममै ब्यस्त भएको भन्दै मतदाता शिक्षा कार्यक्रमबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।
पत्रकारले समाचार खोजेर जानुर्ने भन्दै जिल्लामा निर्वाचनको गतिविधिबारे समाचार खोज्न जिल्ला निर्वाचन कार्यालयमा नआएको भन्दै पत्रकारप्रति उपाध्यायले आक्रोश ब्यक्त गरे ।
मतदाता शिक्षा कार्यक्रम प्रभावहिन भएको सरोकारवालाहरुले गुनासो गरेपछि रामेछापका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएका छन् ।
मतदात गर्ने विधिबारे मतदातालाई राम्रोसँग सिकाउन नसके धेरै मत बदर हुनसक्ने भन्दै मतदाता शिक्षलाई प्रभावकारी बनाउने प्रजिअ खत्रीले निर्वाचन कार्यालयलाई निर्देशन दिएका हुन् ।

प्रतिकृया

Add