रामेछापको चुनावि माहौल उत्कर्षमा

 मङ्लबार, बैशाख २६, २०७४ | onlinenews

२६ वैशाख २०७४– स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जिल्लामा राजनीतिक दल र तीनका उम्मेदवारहरु मतदाताको मन जित्ने प्रयासमा घरदैलो अभियानमा ब्यस्त भएका छन् ।
पार्टीको घोषणा–पत्र र चुनावी नारा सहित घरदैलो अभियानमा लागेका उम्मेदवारहरुको चुनावि अभियासँगै जिल्लाका सदरमुकाम, नगरपालिका र गाँउपालिकाका बस्तीहरु पूरै निर्वाचनमय भएको छ ।
दलका उम्मेदवार र कार्यकर्तालाई भ्याइनभ्याई भएको छ अहिले चुनाव प्रचारप्रसारमा । करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनको बारेमा बाटो चौतारी, पँधेरा र चिया पसलमा समेत चुनावकै बहस भइरहेको पाइन्छ ।
स्थानीय तहको निर्वाचन आपूm र आफ्नो सन्ततिको भविष्यसँग जोडिएकाले चुनावको विशेष महत्व रहेको रामेछाप नगरपालिका ८ का धु्रव भुजेलले बताउनुभयो ।
विहानदेखि बेलुकासम्म भोट माग्न आउने पार्टी र स्वतन्त्र उम्मेदवारहरुको आगमन र चहलपहलले सिगों गाउँनै रमणीय बनेको उहाँको भनाई छ ।
निर्वाचाका बारेमा सचेत बनिसकेका स्थानीय मतदाताहरुले मत माग्न आउने उम्मेदवारहरुलाई गाउँका विकासे योजना लिएर आउँने उम्मेदवारलाई भोटे दिके कुरा खुलेर राख्ने गरेका छन् ।
सबैका घोषणा पत्र र उम्मेदवारहरुको व्यवहारलाई हेरेर अशल व्यक्तिको छनौट गर्नेबारे आफ्नो समुदाय भित्र कुराकानी भइरहेको अर्का मतादाता रामबहादुर कार्कीले बताउनुभयो ।
गाउँको विकास र सुसासन कायम गर्नसक्ने उम्मेदवार हेरेर मतदान गर्ने साविक साँघुटार गाविस–८ का राजन सुवेदीले बताउनुभयो । अरु निर्वाचनको तुलनामा अहिलेको स्थानीय तहको निर्वाचनमा मतदाताहरु पनि निकै उत्साहित भएकोे सुवेदीले बताउनुभयो ।
स्थानीय तहको निर्वाचन गाउँको भविष्यसँग जोडिएकाले विकासमा आपूmहरु जिम्वेवार भएर उम्मेदवारको छनौट गर्ने सोचाइमा रहेको पनि उहाँको भनाई छ ।
गाउँमा पुगेका सबैजसो उम्मेदवारहरुले स्थानीय समस्या समाधानका लागि प्रयत्नशिल हुने भन्दै त्यसका लागि आफ्नो पार्टीलाई मात्र जित्नुपर्ने बताउँने गरेका छन् ।
जिल्लामा अघिाकांश गाउँमा सडक सञ्जाल जोडिएकाले पनि सबै पार्टीका उम्मेदवाहरु भोट माग्न गाउँ, टोल र घरघरसम्म पुगेका छन् ।

प्रतिकृया

Add