तीन दिनदेखि वेपत्ता न्यौपाने बर्दिवासमा फेला परे

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

   २८ वैशाख २०७४, रामेछाप– ३ दिनदेखि बेपत्ता नेपाली काँग्रेस रामेछापका सभापति लवश्री न्यौपानेका छोरा आनन्दश्री न्यौपाने वर्दिबासमा फेला परेका छन् ।  वैशाख २५ गते बिहान भक्तपुरको ठीमीबाट रामेछापको लागि हिडेका न्यौपाने त्यही दिनदेखि सम्पर्कविहिन भएका थिए । साँझसम्म सम्पर्कमा नआएपछि अपहरणमा परेको आशंका सहित उनको परिवारले  वेपत्ता न्यौपानेको तस्वीर सहित रामेछाप र भक्तपुर प्रहरीमा जाहेरि दिएको थियो । बेपत्ता भएको ३ दिन पछि उनलाई वर्दिबासमा अचेत अवस्थामा फेला पारिएकोे पारिवारिक श्रोतले बताएको छ । श्रोतका अनुसार उनलाई अहिले गृहजिल्ला रामेछाप ल्याईदैछ ।

प्रतिकृया

Add