मन्थली नगरपालिकाको समृद्धिको लागि मेरो उम्मेदवारीः श्रेष्ठ

 बिहिबार, बैशाख २८, २०७४ | onlinenews

२८ वैशाद २०७२, रामेछाप– ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रका तर्फबाट मन्थली नगरपालिकाको मेयरको उम्मेदवारी दिनुभएका पुर्व सांसद एव माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले मन्थली नगरपालिकाको समृतिको लागि आपूmले उम्मेदवारी दिएको बताउनुभएको छ ।
श्रेष्ठले  निर्वाचित पश्चात नगरपालिका भित्रका विद्यालयलाई अत्याधुनिक बनाउने, खानेपानीको समस्या समाधानका लागि केहि वर्षभित्रमै प्रत्यक घरघरमा धारा पु¥याउने, मन्थली नगरपालिका भित्रका पुराना काठका पोल विस्थापित गरि २ महिनाभित्र पुरै नगरपालिकामा बत्ति बाल्ने दृढ प्रतिज्ञा गर्नुभएको छ ।
६४ सालपछि आफनै पहलमा जिल्लाका प्रत्येक गाउँगाउँमा मोटरबाटो पुगेको, खानेपानी र विजुलीका कार्यक्रमहरु प्रभावकारी रुपमा अघि बढेको र अहिले पनि २ अरब भन्दा बढि रकमको खानेपानीको कार्यक्रम सञ्चालन भइरहेको जानकारी गराउदै श्रेष्ठले मन्थलीको काखैबाट बगेको तामाकोसी नदिमा बाँध बाधेर नदि वरिपरिका सिंगो भुगोललाई १२ महिनै सिंचाई गर्ने गरि योजना अघि बढाउने बताउनु भएको छ ।
कृषिमा आधुनिकिकरण ल्याउने, युवा विदेश पलायनलाई रोक्ने लागयतका महत्वकांक्षी योजना रहेको पनि उहाँले बताउनुभयो ।
सांसद हुँदा जनताप्रति उत्तरदायी रही झुटो नबोली भनेको कुरा इमान्दारिताका साथ पुरा गरेको भन्दै, संविधानसभाको सभासद हुँदादेखि हालसम्म र त्यो भन्दा पूर्व पनि आपूmले जिल्लामै बसेर जनताको काम गरेकोले नगरपालिकाका नागरिकले आपूmलाई विजयी गराउने आपूm विश्वस्त रहेको श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया

Add