रामेछापमा मत गणना जारी काँग्रेस ४ एमाले ३ र माओवादी १ वडामा विजयी

 मङ्लबार, जेष्ठ २, २०७४ | onlinenews

२ जेष्ठ २०७४ रामेछाप- रामेछाप जिल्लाका दुई नगरपालिका र ६ गाउँपालिकामा मत गणना जारी रहेको छ । मंगलबार विहानसम्मको मत परिणाम अनुसार  नगरपालिका र गाउँपालिकामा गरि नेपाली काँग्रेस ४ वडामा विजयी भएको छ ।
त्यसैगरी नेकपा एमालेले ३ वटा वडा र माओवादी केन्द्रले १ वडामा विजय प्राप्त गरेको छ । नेपाली काँग्रेस उमाकुण्ड गाउँपालिका वडा १ बाट नोर्वु शेर्पा, गोकुलगंगा–१ मा मणिकुमार लामा, मन्थली–२ बाट तरणीशंकर अधिकारी र  मन्थली नगारपालिका–३ मा केशव रोका अध्यक्ष पदमा विजयी हुनुभएको हो ।
त्यसैगरी नेकपा एमाले रामेछाप नगरपालिका १ बाट नरबहादुर थापा, लिखु गाउँपालिका–१ बाट निङ्गमार तामाङ र गोकुलगंगा गाउँपालिकाबाट शेखरमान श्रेष्ठ विजयी हुनुभएको छ ।
त्यस्तै नेकपा माओवादी केन्द्रका नारायणदाश श्रेष्ठ मन्थली नगरपालिका–१ बाट निर्वाचित हुनुभएको हो ।
मन्थली नगरपालिका–३ मा नेपालीकाँग्रेसको पूरै प्यानल विजयी भएको छ भने वडा नं. २ मा मिश्रीत मत परिणाम आएको छ । नेकपा एमालेको रामेछाप नगरपालिका–१, लिखु गाउँपालिका–१ र गोकुलगंगा–१ मा पूरै प्यानल निर्वाचित भएको छ ।
मत गणना जारी रहेको मन्थली नगरपालिमा नेपाली काँग्रेसका तर्फबाट मेयर पदका उम्मेदवार विनोद कार्कीले १ हजार ४ सय ९१ मतका साथ लिड गरिरहनु भएको छ भने उहाँको प्रतिस्पर्धी नेकपा एमालेका रमेशकुमार बस्नेतको १ हजार ३ सय ३१ र नेकपा माओवादी केन्द्रका तारानारायण श्रेष्ठको ३ सय ६८ मत रहेको छ । त्यसैगरी रामेछाप नगरपालिकामा नेकपा एमालेका मयेर पदका उम्मेदवार रोशन पाख्रिनले ४ सय ७९ मतका साथ अग्रता लिनु भएको छ भने उहाँको प्रतिस्पर्धी नेपाली काँग्रेसका नरबहादुर थापामगरको ३ सय ५८ र नेकपा माओवादी केन्द्रका शिशिर खड्गीको २ सय ३८ मत रहेको छ ।

प्रतिकृया

Add