बैदेशिक रोजगारी सम्बन्धि अभिमुखिकरण

 मङ्लबार, जेष्ठ ९, २०७४ | onlinenews

९ वैशाख २०७४


रामेछाप– हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपाल, सुरक्षित आप्रवासन परियोजना (सामी) र रामेछाप जिल्लाका दुई साझेदार संस्थाको आयोजनामा महिला तथा बालबालिका कार्यालयका कर्मचारीलाई सुरक्षित बैदेशिक रोजगारी सम्वन्धि अभिमुखिकरण गरिएको छ ।
बैदेशिक रोजगारीमा जाने अधिकांश युवा÷युवतीहरु दिनदिनै असुरक्षित बन्दै गइरहेको हुँदा बैदेशिक रोजगारीमा जान सक्ने युवालाई कसरी सहि सूचना दिन सकिन्छ ? भनि एकदिने कार्यक्रमको आयोजना गरिएको सूचना तथा परामर्स केन्द्रका कार्यक्रम संयोजक दिपक केसीले जानकारी दिनुभयो ।
महिला विकास कार्यालयमा आयोजित कार्यक्रम चारघरे सेवा समिति र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटारले मंगलबार अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
बैदेशिक रोजगारीको शिलशिलामा बिदेश जाने हतारोले सिप, सूचना र गन्तव्य मुलुकमा आपूmले गर्ने कामसँग सम्वन्धित् सीप नसिकी विदेश गएको सवाल समेत सहभागि कर्मचारीले उठाएका थिए ।
बैदेशिक रोजगारीमा पुरुषको तुलनामा महिला बढि जोखिममा पर्ने गरेको र उनीहरुको रोजगारीलाई  सुरक्षित र विश्वशनीय बनाउन अभिमुखिकरण कार्यक्रम प्रभावकारी भएको महिला विकास अधिकृत सत्यदेवि अधिकारीले बताउनुभयोे ।
बैदेशिक रोजगारीका कारण विभिन्न समस्यामा परेका बालबालिकाको लागि समेत कार्यालयमा छुट्टै कार्यक्रम रहेको हुँदा आगामी दिनमा समन्वय गरेर अघि बढ्नुपर्नेमा कार्यालयका सूचना व्यवस्थापन अधिकारी सुमन अधिकारीले आफ्नो धारणा राख्नु भएको थियो ।
बैदेशिक रोजगारीका जटिलता र सुरक्षित बैदेशिक रोजगारीका लागि अपनाउनु पर्ने सावधानीका बिषयमा राम्रो सहयोग पुगेको कार्यालय प्रमुख सत्यदेवि अधिकारीको भनाई थियो ।

प्रतिकृया

Add