चट्याङ्ग पर्दा रामेछापको तीन वटा रेडियोमा क्षति

 शुक्रबार, जेष्ठ १२, २०७४ | onlinenews

१२ जेठ २०७४


रामेछाप-शुक्रबार बिहान परेको चट्याङ्गले रामेछाप जिल्लाबाट सञ्चालित ३ वटा रेडियोहरुमा क्षति पु¥याएको छ । रेडियोको ट्रान्समिटर, यूपिएस, रेडियोको टावर, विद्युतको मिटरबक्स लगायतका उपकरणहरुमा क्षति पुगेपछि रेडियोको प्रसारण सेवा समेत बन्द भएको छ ।
रेडियो तिफदीको टावरको भवन अगाडि रहेको विद्युतको पोलमा चट्याङ पर्दा विद्युत प्रसारण लाइनको तार समेत छिनेको छ । चट्याङले रेडियोका उपकरणहरुमा क्षति पु¥याएपछि रामेछाप जिल्लाबाट सञ्चालन हुँदै आएको रेडियो तिफदी, रेडियो तिनलाल र रेडियो रामेछापको प्रसारण शुक्रबार बिहानैदेखि बन्द रहेको छ ।
चट्याङले क्षति पु¥याएका उपकरण मर्मतको लागि काठमाडौँ लैजानु पर्ने भएकाले रेडियो पुनः सञ्चालनमा आउँन केही दिन लाग्ने रेडियो रामेछापका प्रबन्धक सौजन्यप्रसाद सत्यालले बताउनुभयो ।
जिल्लाका रेडियोहरु बन्द भएपछि रामेछाप र आसपासका नागरिकहरु समेत सूचनाबाट बञ्चित भएका छन् । अपलिङक सिन्टमबाट सञ्चालन हुँदै आएको तीनै वटा रेडियोहरुकोे टावर एकै स्थानमा रहेको छ ।

प्रतिकृया

Add