जहाज दुर्घटनामा महासेनानी कैलाश गुरुङको निधन

 मङ्लबार, जेष्ठ १६, २०७४ | onlinenews

१६ जेठ २०७४– बाजुराको कोल्टी विमानस्थलमा अवतरणका क्रममा नेपाली सेनाको स्काइ ट्रक (जहाज) दुर्घटना हुँदा महासेनानी कैलाश गुरुङको निधन भएको छ ।
बिहान खाद्यान्न बोकेर सुर्खेतबाट हुम्लाका लागि उडेको स्काइ ट्रक  मौसम खराब भएपछि कोल्टी विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा  क्याप्टेन गुरुङको निधन भएको हो । दुर्घटनामा सेनानी अनिता आलेमगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
बाजुरा प्रहरीका अनुसार विमानस्थलको धावनमार्गबाट  जहाज खेतमा पुगेपछि जहाजको इन्जिनमा आगलागी भएको थियो । घाइतेको उपचारका लागि सीता एयरको जहाजबाट नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया

Add