प्रधानमन्त्री चयन प्रक्रिया शुक्रबारबाट

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेष्ठ २०७४ काठामाडौं– प्रधानमन्त्री चयनको प्रक्रिया शुक्रबारबाट सुरु हुने भएको छ । गत जेठ ९ गते पुष्पकमल दाहाल प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ प्रधानमन्त्रीको निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि कार्यतालिका तय गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकमा परामर्शपछि सभामुख ओनसरी घर्तीले नयाँ प्रधानमन्त्री चयनका लागि प्रक्रिया अघि बढाउने बताइएको छ ।
प्रधानमन्त्री चयनका लागि शनिबार निर्वाचन प्रक्रिया शुरु गर्न सभामुख घर्तीले बैठकमा प्रस्ताव गर्ने तयारी गरेको बताइएको छ । यद्यपि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक चल्न नसकेपछि प्रधानमन्त्री चयनमा प्रभावति हुँदै आएको छ ।
शनिबार उम्मेदवारी मनोनयनदेखि अन्तिम नामावली प्रकाशनसम्मको प्रक्रिया पुरा गर्ने र २१ गते निर्वाचन गर्ने गरी प्रस्ताव लैजाने तयारी गरेको निकट श्रोतले जनाएको छ । व्यबस्थापिका संसदको बैठक जेठ २१ गते आइतवारका लागि बोलाइएको छ ।
कंग्रेस सभापति शेरवहादुर देउवा माओवादी केन्द्र लगायतका दलको समर्थनमा उम्मेदवार बन्ने निश्चित भएपनि एमालेले समेत प्रधानमन्त्रीका लागि उम्मेदवारी दिने नदिने या दिए कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा निर्णय गर्न आज बैठक बोलाएको छ ।
राष्ट्रपतिले जेठ १७ गते बहुमतीय सरकार गठन गर्न आव्हान गर्नुभएको थियो ।

प्रतिकृया

Add