प्रधानमन्त्रीको उम्मेदवारी दर्ता शनिबार, निर्वाचन आइतबार

 शुक्रबार, जेष्ठ १९, २०७४ | onlinenews

१९ जेठ २०७४ काठमाडौं । प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ । विपक्षी दलको विरोधकाबीच सूचना टाँस गरि प्रधानमन्त्री निर्वाचनको प्रक्रिया सुरु भएको छ ।
सत्तारुढ र विपक्षी दलहरुबीच सहमति जुटाउन प्रयास असफल भएपछि सभामुख ओनसरी घर्ती मगरले सूचनामार्फत बहुमतीय प्रक्रियाबाट सरकार गठन गर्न राष्ट्रपति विद्या भण्डारीबाट आह्वान भएको जानकारी दिनुभयो ।
लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचन तालिका सार्वजनिक गरेको छ । जस अनुसार शनिबार विहान ११ देखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने आइतबार विहान ११ बजेको बैठकमा निर्वाचन हुनेछ ।
भरतपुरमा पुनःमतगणना तत्काल सुरु गर्न माग गर्दै प्रमुख विपक्षी

Constituencies taking part in the transformed Parliament on Friday, October 02, 2015. Photo: RSS

एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
विपक्षी एमालेले भरतपुरको मतगणना सुरु नभएसम्म संसद चल्न नदिने अडान लिदै आएको छ । कार्यब्यवस्था समिति र तीन दलको बैठकबाट सहमतिय सरकार गणनको प्रयास गरिए पनि सहमति हुन नसकेपछि प्रधानमन्त्री निर्वाचनको लागि अब प्रक्रिया सुरु भएको छ ।

प्रतिकृया

Add