दलित पुजारीसँग गैरदलितले वर माग्छन् गुल्मीको एक मन्दीरमा

 आइतवार, जेष्ठ २१, २०७४ | onlinenews

२१ जेष्ठ २०७४, गुल्मी– नेपाललाई जातिय छुवाछुत राज्य घोषणा गरिए पनि अझै जातिय छुवाछुत भने हटेको छैन । जातीय विभेदका कारण अधिकांश मन्दिरमा दलितलाई भित्र पस्न दिइँदैन । उनीहरुले परैबाट देउताको दर्शन गर्नुपर्ने बाध्यता छ अझै । गैरदलितले मन्दिरबाहिर ल्याइदिएको टिका लगाउँनुपर्छ उनीहरुले ।
तर, गुल्मीको मालिका गाउँपालिका–३ ह्वाङ्दीमा एउटा यस्तो मन्दीर छ जहाँ दलित पुजारीसँग गैर दलित समुदायले वर माग्छन् । ब्रह्मा हस्त निशेल गौतम देवालयमा वर्षौदेखि दलित पुजारीले पूजा गर्छन् । र, उनको हातको टीका लगाउँछन् ।
हरेक दुईवर्षको वैशाख पूर्णिमा मेलामा गौतम बन्धुहरुको कुलपूजा हुन्छ । तर, दलित समुदायको भन्दा दोब्ब बलि गैरदलितले चढाउँछन् ।

प्रतिकृया

Add