शेरबहादुर देउवा देशको ४० औँ प्रधानमन्त्रीम निर्वाचित

 मङ्लबार, जेष्ठ २३, २०७४ | onlinenews

 २३ जेठ २०७४ काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको छ ।
मंगलकार बसेको व्यवस्थापिका संसद बैठकमा भएको निर्वाचनबाट देउवा संसदमा बहुमत सिद्ध गर्दै प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।
संसदमा मत विभाजनका आधारमा भएको निर्वाचनमा देउवाको पक्षमा ३ सय ८८ र विपक्षमा १ सय ७०  मत परेको थियो । मतदान प्रक्रियामा कूल ५सय ५८ सांसद सहभागि भएका थिए । देउबा १२ वर्षपछि ४ हजार ५ सय ४ दिनपछि चौथो पटक मंगलबार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

प्रतिकृया

Add