निर्वाचित प्रतिनिधि र उत्कृष्ट विद्यार्थीलाई सम्मान

 शुक्रबार, असार ९, २०७४ | onlinenews

९ असार २०७४ रामेछाप– गौरीशंकर माध्यमिक विद्यालय रामेछापले बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गरी नगरपालिकाका निर्वाचित पदाधिकारी र २०७३ सालको एसइइमा विशिष्ट श्रेणिमा उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान गरेको छ ।
सम्मानित नगरपालिकाका पदाधिकारीहरुलाई डायरी, कलम, टिका, खादा र मालाले सम्मान गरिएको थियो । कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षको उपस्थिति रहेको भए पनि वडा नं. ४ र वडा नं ८ का वडा अध्यक्षको कार्यक्रममा सहभागिता थिएन ।
त्यस्तै ३४ बर्षसम्म विद्यालयमा अध्यापन गरि स्वतः अवकास लिएका शिक्षक हरिकुमार अधिकारीलाई पनि औपचारिक रुपमा विदाई गरिएको छ । विद्यालयले ५४ वर्षको इतिहास तोड्दै २०७३ को एसइइमा छात्र तर्फको सामुदायिक विद्यालयमा जिल्ला प्रथमको नतिजा ल्याउन गौरिशंकर मावि सफल भएको छ ।
विशिष्ट श्रेणि प्राप्त गर्ने विद्यार्थीहरुमा आश्विन श्रेष्ठ (जिपीए ३.७५) अभिषेक श्रेष्ठ (जिपीए ३.६) बिवेक कार्की (जिपीए ३.७५) बर्षा पुरी (जिपीए ३.६) बिजय श्रेष्ठ (जिपीए ३.६५) सहित ए प्लस ग्रेडमा उत्तिर्ण भएका थिए । त्यस्तै अनिल मगर (जिपीए ३.२५) र प्रतिमा बस्नेत (जिपीए ३.२) सहित ए ग्रेडमा उत्तिर्ण भएका थिए ।
उत्कृष्ट सबै विद्यार्थीलाई कार्यक्रमका प्रमुख अथिति मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेत, रामेछाप नगरपालिकाका प्रमुख नरबहादुर थापामगर, रामेछापको उप–प्रमुख श्रृजना खड्का, जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, श्रोत शिक्षक माधव सुवेदी, विद्यालयका प्रधानाध्यापक नीरबहादुर कार्की र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पवित्रा श्रेष्ठले टिका, माला, खादा, करुवा, कदर–पत्र र नगद पुरस्कार सहित सम्मान गरेका थिए ।
कार्यक्रमका प्रमुख अथिति रमेशकुमार बस्नेतले सम्मान कर्यक्रमलाई सम्वोधन गर्दै अहिले शिक्षामा देखिएको द्धैध शिक्षा नीतिको खारेजी गर्नेमा आपूm प्रतिबद्ध रहेको बताए । गरिवका छोराछोरी सामुदायिक विद्यालयमा अध्ययन गर्नुपर्ने, धनिका छोराछोरी बोर्डिङ स्कूलमा पढ्नु पर्ने अवस्था श्रृजना भएकाले यो व्यस्था सदाका लागि अन्त्य गर्न सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाई नीजि विद्यालयसँग प्रतिस्पर्धी बनाउनु पर्ने बस्नेतले बताए ।

जिल्लाका नगरपालिका र गाँउपालिकाको सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि सम्पूर्ण पालिकासँग आवश्यक समन्वय गरी अघि बढ्ने पनि बस्नेतले बताएका छन् ।
जीविकाको लागि पहिला लाउरी भैंसी, जुरे गोरु, गैरी खेत, टारबारीको महत्वको थियो, अहिले त्यसको सट्टा छोराछोरीलाई गुणस्तरीय शिक्षाको अवधारणा अघि सार्नुपर्ने पनि बस्नेतको भनाई । गुणस्तरीय शिक्षाले नै सचेत समाजको निर्माण गर्ने उनले बताए ।
दक्ष जनशक्तिको अभावमा २०७२ सालको भूकम्पले क्षति पु¥याएका घर निर्माण गर्न नसकिएको औल्याउँदै व्यवसायिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गर्न सकेको भए ढलेको घरको चुली गारो पहिल्यै बनिसक्ने थियो, उनले भने ।
जनशक्ति उत्पादन नगर्ने हो भने फेरि पनि युवाहरु कामको खोजीमा खाडिमा जानुपर्ने अवस्था रहिरहने बस्नेतको भनाई छ ।
त्यसैगरी जिल्ला शिक्षा अधिकारी दिनाथान गौतमले विद्यालयले राम्रो नतिजा निकाल्न सफल भएकोमा बधाई ज्ञापन गरे । शैक्षिक स्तर सुधारका लागि अभिभावक र शिक्षक मात्रले सम्भव नहुने भएकाले विद्यार्थीलाई मेहेनतका साथ अध्ययन गर्न  पनि गौतमले आग्रह गरे ।
कार्यक्रममा रामेछाप नगरपालिकाका नगर प्रमुख नरबहादुर थापामगर, उपप्रमुख श्रृजना खड्का, मावि भंगेरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबाबु श्रेष्ठ लगायतले संवोधन गरेका थिए ।

प्रतिकृया

Add