रस्नालुमा अत्याधूनिक विद्यालय भवन बन्दै

 बिहिबार, असार १५, २०७४ | onlinenews

१५ असार २०७४


रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–३ रस्नालुमा अत्याधूनिक विद्यालय भवन निर्माण भइरहेको छ । डोटेरा हेल्पिङ्ग ह्याण्ड फाउण्डेशन (यूएसए) ले दुई तले दुई वटा भूकम्प प्रतिरोधी भवन निर्माण गरिरहेको छ ।
गोकुलगंगा माध्यमिक विद्यालयको लागि निर्माण भइरहेको दुई वटा भवनमा गरी १६ कोठा रहने छन् । निर्माणाधिन दुई वटा भवन निर्माणको निर्माण कार्य सम्पन्न गर्दा कूल २ करोड ४० लाखको लागत लाग्ने अनुमान गरिएको छ ।
गोकुलगंगा–३ मछिनो र धसिङ्गरे जातको जडिबुट्टि प्रसस्त मात्रामा पाइने एरिया भएकाले डोटेरा कम्पनीले जडिबुट्टी प्रशोधनबाट हुने नाफाको केही प्रतिशत जडिबुट्टि उत्पादन हुने क्षेत्रमा लगानी गर्ने उद्देश्य अनुरुप च्वाइस नेपाल मार्फत सो विद्यालय भनव निर्माण गरिएको च्वाइस नेपालका फिल्ड कोअर्डिनेटर गोविन्द दाहालले बताए ।
विद्यालय भवन निर्माणमा प्रयोग गरिएका ढुङ्गा र गिटीहरु ल्याव टेस्ट गरेर भूकम्प प्रतिरोधी भवन निर्माणको लागि योग्य ढुङ्गा, गिटीमात्र प्रयोग गरिएको पनि कोअर्डिनेटर दाहालले बताए ।
भवन निर्माणमा  परिचालन गरिएको ३० जना कामदार मध्य १० जना वैदेशिक रोजगारीमा भवन निर्माणकै काम गरेका फर्केका र सबै कामदाहरु दक्ष रहेका छन् । एउटा भवन निर्माणको लागि ६ महिना लाग्ने अनुमान गरिएको छ । अहिले एउटा भवनको एक ढलान काम सकिएको र अर्को भवनको हात्तीपाइले राख्ने सम्मको काम सम्पन्न भएको कोअर्डिनेर दाहालले बताए ।
एक वर्षभित्र दुवै भवन निर्माण गरिसक्ने लक्ष्यका साथ गत चैत्र १५ गतेदेखि काम भइरहेको भवन निर्माण समितिका अध्यक्ष टेकबहादुर सुनुवारले बताए । चैत्रबाट सुरु गरेको भवन आगामी असोजसम्ममा सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षाको समय भएकाले केही समय लम्बिन सक्ने निर्माण समितिले बताएको छ ।
हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनको क्रममा १५ दिनजति काम रोकिएकाले पनि काममा केही ढिलाई भएको निर्माण समितिको भनाई छ । बर्खाको समय भएकाले वर्षाले केही अवरोध गर्न सक्ने र चाडवाडको समय पनि पर्ने भएकाले पहिलो छ महिनामा सम्पन्न गर्नुपर्ने भवन चाहिँ केही ढिलाई हुनसक्ने निर्माण समितिको अनुमान छ ।
विद्यालय भवन निर्माण बाहेक समुदायको आवश्यकता र सम्भावना भएसम्मको कार्यक्रम ल्याउनको लागि पनि छलफल चलाइने च्वाइस नेपालले जनाएको छ ।
भूकम्पले विद्यालयको भवन भत्काएपछि अस्थायी सिकाई केन्द्रमा कक्षा सञ्चालन हुँदै आएको विद्यालयका प्रधानाध्यापक छत्रबहादुर सुनुवारले बताए । अस्थायी सिकाई केन्द्रमा कक्षा सञ्चालन गर्न निकै कठिन भएको पनि प्रअ सुनुवारले बताए । अस्थानीय सिकाई केन्द्र पनि च्वाइस नेपाल र विद्यलयको सहभागितामा निर्माण गरिएको थियो ।
हाललाई समस्या भए पनि निर्माण भइरहेको भूकम्प प्रतिरोधी भवन सम्पन्न भएपछि स्थायी कक्षा सञ्चालनको लागि सहज हुने भएकाले आपूm खुसी रहेको प्रधानाध्यापक सुनुवारले बताए ।

प्रतिकृया

Add