पुर्व प्रधानमन्त्री नेपालको गाडीमा ढुङ्गा प्रहार

 शनिबार, साउन ७, २०७४ | onlinenews

७ श्रावण २०७४ रामेछाप


रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारमा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको गाडीमा ढुङ्गा प्रहार भएको छ । रामेछाप बजारस्थित राष्ट्रिय बाणिज्य बैंकको अगाडि रोकर राखिएको नेपालको गाडीमा शनिबार साँझ अज्ञात व्यक्तिले ढुङ्गा प्रहार गरेको हो ।
पुष्पलाल स्मृति दिवसको सन्दर्भमा नेकपा एमाले रामेछापले आइतबार पुष्पलाल र गंगालाको जन्म भूमि रामेछापको भंग्रेरीमा आयोजना गर्ने कार्यक्रममा सहभागि हुन एमाले नेता समेत रहनु भएका पूर्वप्रधानमन्त्री नेपाल शनिबार साँझ रामेछाप पुग्नु भएको थियो ।
ढुङ्गा प्रहारबाट नेपालको गाडीको अगाडी र पछाडिको भागको शिशा फुटेको छ । रामेछाप बजारस्थित सुनकोशी गेष्ट हाउसमा नेता नेपाल आफ्ना कार्यकर्तासँग छलफलमा रहेको बेला बाहिर रोकेर राखिएको गाडीमा ढुङ्गा प्रहार भएको हो ।
प्रत्यक्ष दर्शीकाअनुसार बुलेट मोटरसाइकल चढेर आएका दुई जना अपरीचित ब्यक्तिले सुरक्षाकर्मी समेत नभएको मौका पारि नेपालको गाडीमा ढुङ्गा प्रहार गरेर भागेका थिए । ढुङ्गा प्रहार कस्ले र किन ग¥यो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
। पूर्व प्रधानमन्त्री नेपालका सुरक्षार्थ खटिएका सुरक्षाकर्मी समेत सुनकोशी गेष्ट हाउसमा नै रहेका बेला नेपालको गाडीमा ढुङ्गा प्रहार भएको प्रहरीले बताएको छ । नेपालको गाडिमाथि ढुङ्गा प्रहार भएपछि बजारमा एमाले कार्यकर्ताको चलपहल बढ्नुका साथै सुरक्षा ब्यवस्थालाई समेत कडा पारिएको छ ।
क्षति भएको नेपालको गाडी जिल्ला कारागार रामेछापमा लगरे राखिएको छ । कारागार सुरक्षामा खटिएका प्रहरी समेत ढुङ्गा प्रहार गर्ने अभियुक्तको खोजीमा परिचालित भएका छन् ।

प्रतिकृया

Add