वैदेशीक रोजगारिको क्रममा मृत्यु भएकाका छोराछोरीलाई छात्रबृत्ति

 बिहिबार, भदौ १५, २०७४ | onlinenews

१५ भदौ २०७४ रामेछाप


रामेछाप जिल्लाबाट वैदेशीक रोजगारिको क्रममा मृत्यु भएकाका छोराछोरीलाई जिल्ला शिक्षा कार्यालय रामेछाप मार्फत छात्रबृत्ति वितरण गरिएको छ ।
सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सञ्चलीत सूचना तथा परामर्श केन्द्र रामेछापको पहलमा वैदेशिक रोजगारिको क्रममा अभिभावक गुमाएका १७ जना बालबालिकालाई १ लाख ४४ हजार रुपैयाँ छात्रबृत्ति प्रदान गरिएको हो ।
कक्षा ८ सम्म पढ्ने विद्यार्थीलाई प्रतिब्यक्ति ८ हजार र कक्षा ८ देखिमाथि कक्षा १२ सम्म मध्ययनरत विद्यार्थीलाई १२ हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिएको सुरक्षित आप्रवासन परियोजना (सामी) द्धारा सञ्चालीत सुचना तथा परामर्श केन्द्र मन्थलीका परामर्शकर्ता जितबहादुर तामाङले बताए ।
वैदेशिक रोजगारिको क्रममा मृत्य भएकाका बालबालिकाले छात्रवृत्ति पाउँछन् भन्ने जिल्ला शिक्षा कार्यालयलाई पनि थाहा नभएको र सूचना केन्द्रको पहलमा विद्यार्थीहरुले छात्रबृत्ति प्राप्त गर्न सफल भएको पनि तामाङले बताए ।
उनले भने– ‘वैदेशिक रोजगारिको क्रममा मृत्यु भएकाका बालबच्चाले छात्रबृत्ति पाउँछ भन्ने कुरा जिल्ला शिक्षा कार्यालयलाई पनि जानकारी थिएन, वैदेशीक रोजगार प्रवद्र्धन बोर्डको सूचना र नियमावली सहित कागजात जुटाएर जिल्ला शिक्षा कार्यालय मार्फत प्रवद्र्धन बोर्डमा पेश गराइयो, त्यससपछि यो छात्रबृत्ति जिल्ला शिक्षा कार्यालयमा आएको हो ।’
सामी परियोजना अन्तर्गत सूचना केन्द्रले पहल नगरेको भए यो छात्रबृत्ति आउँने थिएन उनले भने ।
छात्रबृत्ति वापत प्राप्त भएको रकम छोराछोरीलाई किताब, कपी तथा स्कूल पोशाक र झोला किन्नमा खर्च गर्ने वैदेशीक रोजगारिको क्रममा श्रीमान गुमाएकी गोमा बुढाथोकीको बताइन ।
छोराछोरी पढाउँन आर्थिक समस्या भएको भन्दै पाएको छात्रबृत्तिले बालबच्चा पढाउन सहज हुने पनि उनले बताइन । छात्रबृत्ति रुवरुप वितरण गरिएको रकम वैदेशीक रोजगार प्रवद्र्धन बोर्डले उपलब्ध गराएको हो ।

प्रतिकृया

Add