रामेछापका डिएसपी कुमोध ढुङ्गेल सम्मानीत  

 बुधबार, भदौ २१, २०७४ | onlinenews

२१ भदौ २०७४ रामेछाप


मानव अधिकार संरक्षण सञ्जाल रामेछापले रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कुमोध ढुङ्गेललाई सम्मान गरेको छ ।

११ औं मावन बेचबिखन तथा ओसारपसार विरुद्धको दिवसमा   आयोजीत एक कार्यक्रमका बीच डिएसपी ढुङ्गेललाई सम्मान गरिएको हो । दोसला, ढाकाटोपी र प्रशंसा–पत्रले डिएसपी ढुङ्गेललाई सम्मान गरिएको थियो ।

जिल्लामा सञ्चालन हुने अपराधिक गतिविधि नियन्त्रण गरेको, अति संवेदनशील र अकल्पनीय आपराधिक घटनाको प्रभावकारी अनुसन्धान प्रक्रिया अपनाई अपराधिलाई कानूनी दायरामा ल्याएर आम नागरिकमा राज्यप्रतिको विश्वास कायम गराउन सफल भएको भन्दै डिएसपी ढुङ्गेललाई मानव अधिकार संरक्षण सञ्जालले सम्मान गरेको हो ।

जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले दोसला आढाइदिएका थिए भने सञ्जालका अध्यक्ष पाण्डव प्रसाइले प्रशंसा–पत्र प्रदान गरेका थिए । त्यसैगरी सञ्जालका सदस्य खड्ग आलेमगरले डिएसपी ढुङ्गेललाई ढाकाटोपी लगाइदिएर सम्मान गरेका थिए ।

सम्मापछि कार्यक्रमलाई संवोधन गर्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले प्रहरीमा काम गर्ने इच्छाशक्ति भए जस्तोसुकै अपराधलाई पनि नियन्त्रण गर्न सक्छ भन्ने उदाहरण डिएसपी कुमोध ढुङ्गेल बनेको बताए ।

डिएसपी ढुङ्गेलले गरेको कामको प्रसंसा गर्दै खड्काले सम्मानले निरन्तर हौसला मिलोस भन्ने शुभकामना दिएका थिए ।

प्रतिकृया

Add