रजिष्ट्रर लिएर आउनेले कालो छर्किए एलडिओलाई

 मङ्लबार, अशोज ३, २०७४ | onlinenews

२ असोज २०७४ रामेछाप


जिल्ला समन्वय समिति रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई एक अपरिचीत ब्यक्तिले कालोमोसो छ्यापि दिएका छन् ।
हातमा रजिष्ट्रर फाइल बोकेर स्थानीय विकास अधिकारीको कार्यकक्षमा प्रवेश गरेका एक युवाले कालोमोसो दलेर भागेको जिल्ला समन्वय समिति रामेछापले जनाएको छ ।
दिउसो करिब १ बजेको समयमा सामान्य ब्यक्तिजस्तो लाग्गे एक युवा सेवाग्राहीको रुपमा आएर टेवुलमा फाइल राखेको र आपूm टेवुलको फाइल हेर्न लागेको बेला बट्टामा लिएर आएको कालो, शीरदेखि शरीरसम्म छ्यापेर भागेको स्थानीय विकास अधिकारी दिनेशराज पन्तले बताए ।
स्थानीय विकास अधिकारीलाई कालो छ्यापेर बाहिरिएका उनी जिल्ला समन्वय समितिको पश्चिमतर्फबाट भागेको प्रत्येक्षदर्शीको भनाई छ ।
पन्तलाई दिइएको फाइलको बाहिर सिपिएन माओइष्ट लेखिएको र भित्रपटी केही कोटेशनहरु लेखिएका उनले जानकारी दिए । कालो छ्यापेर भागेपछि पछिपछि ढोकासम्म आए पनि टाउँकोमा परेको कालो बग्दै आँखातिर आएकाले कालो पुच्छ लाग्दा अभियुक्त फरार भएको पन्तले बताए ।
आफ्ना कार्यकक्षमा खटिरहेको निर्दोश ब्यक्तिलाई दुव्र्यवहार गरेर कर्मचारीको मनोबल गिराउने काम गरेको भन्दै दोषीलाई कडा कारबाही गर्न पनि पन्तले माग गरेका छन् ।
घटना लगत्तै जिल्ला समन्वय समिति रामेछापले एक विज्ञप्ति प्रकाशित गरि आफ्नो कार्यकक्षमा काम गरिरहेको अवस्थामा स्थानीय विकास अधिकारीमाथि घटाइएको घटनाको भत्सर्ना गरेको छ ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काद्धारा हस्ताक्षरीत विज्ञप्तिमा घटनाको तत्काल अनुसन्धान गरि दोषिलाई हदै सम्मको कारवाहीको समेत माग गरिएको छ । घटनाको सर्वत्र विरोधी भइरहेको छ ।

प्रतिकृया

Add