विद्यालय भवन हस्तान्तरण 

 बुधबार, अशोज ४, २०७४ | onlinenews

४ असोज २०७४ रामेछाप 


नेपाल डन बस्को सोसाइटी ललितपुरले रामेछाप जिल्लाको सुनापति गाउँपालिका–५ को खनियापानीमा २०७२ सालको भूकम्पले क्षति पु¥याएको वालकल्याण आधारभुत विद्यालयको भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेको छ ।  मंगलबार एक औपचारिक कार्यक्रमकाबीच संस्थाले नव निर्मित भवन जिल्ला आयोजना इकाई रामेछापका प्रमुख हेमन्त वुढाथोकी मार्फत हस्तान्तरण गरेको हो । १ करोड २२ लाख रुपैयाँको लागतमा ६ कोठे विद्यालय भवन निर्माण गरिएको नेपाल डन बस्को सोसाइटी ललितपुरका कानूनी सल्लाहकार राजन ढुङ्गेलले जानकारी दिए । ढुङ्गेलका अनुसार भूकम्प प्रभावित जिल्लाहरु ललितपुर, दोलखा, रामेछाप र सिन्धुपाल्चोक गरी १० वटा विद्यालयको पक्की भवन निर्माण गरिरहेको छ । जसमध्ये सम्पन्न भई विद्यालयलाई स्तानरण गरिएको खनियापानीको बालकल्याण आधारभूत विद्यालय दोश्रो हो । सो संस्थाले यसअघि ललितपुर जिल्लाको शंखुस्थित सरस्वती मावि भवन निर्माण सम्पन्न गरि विद्यालयलाई हस्तान्तरण गरेको थियो ।  भवन निर्माणको क्रममा विद्यार्थी, शिक्षक र अभिभावकको समेत उल्लेखनीय सहयोग र सहभागीता रहेको संस्थाले बताएको छ ।संस्थाले विद्यालयको भवन निर्माणका साथै जिल्लाका विभिन्न विद्यालयका छात्रछात्रालाई कपडा र शैक्षिक सामाग्री समेत वितरण गरेको थियो ।

प्रतिकृया

Add