रामेछापको मन्थलीमा खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु

 बिहिबार, अशोज ५, २०७४ | onlinenews

५ असोज २०७४ रामेछाप


रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बिहीबारबाट तेश्रो नगरपालिका कप खुल्ला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ ।
दीपशिखा ब्वाइज युनाइटेड क्लव मन्थली र मन्थली नगरपालिकाले संयुक्त आयोजना गरेको प्रतियोगिताको उद्घाटन मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले गरेका थिए ।
प्रतियोगिताको उद्घाटनमा दीपशिखा ब्वाइज युनाइटेड क्लव ए र सामुदायिक अध्ययन केन्द्रबीच खेल भएको थियो ।
प्रतियोगिता उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मन्थली नगरपालिका प्रमुख रमेशकुमार बस्नेतले मन्थलीको आकाशे खेल मैदानको तत्काल स्तरोन्नती गर्ने आश्वासन दिएका छन् ।
खेलकुद क्षेत्रको विकासको लागि आवश्यक पर्ने स्रोत साधनको ब्यवस्थापन र खेल मैदानको स्तरोन्नतीको लागि नगरपालिका सदैब तयार रहेको बस्नेतले बताए ।
नेपालीहरुको महान् पर्व वडा दशैको अवसर पारेर आयोजना गरिएको फुटबल प्रतियोगिता आगामी ९ गतेसम्म सञ्चालन हुने आयोजक संस्थाले जनाएको छ ।
प्रतियोगितामा रामेछाप जिल्लाका साथै छीमेकी जिल्लाहरु सिन्धुली, दोलखा, ओखलढुङ्गा लगायतका जिल्लाबाट गरि २१ टिमको सहभागिता रहेको दीपशिखा ब्वाइज युनाइटेड क्लवका अध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए ।

प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार, दोस्रो ३० हजार र तेस्रो पुरस्कार राशी २० हजार रपैयाँ नगद साथै शिल्ड, मेडल र प्रमाण–पत्र रहेको छ ।

प्रतिकृया

Add