ओखलढुंगामा मनपरी भाडा असुल्ने सवारी कारवाहीमा

 शुक्रबार, अशोज २०, २०७४ | onlinenews

२० असोज २०७४ ओखलढुङ्ग


ओखलढुंगामा दशैको समयमा सबैभन्दा बढि सवारीसाधन कारबाहिमा परेका छन् । जिल्ला ट्राफिक प्रहरी पोष्ट रमाइलोडाँडाका अनुसार गत दुई हप्ताको अवधिमा ९७ वटा सवारीसाधन कारबाहिमा परेका छन् ।
सवारी नियम विपरि

त सञ्चालित ९७ सवारीसाधनबाट ६९ हजार ५ सय राजश्व संकलन गरिएको जिल्ला ट्राफिक ईन्चार्ज भोजकुमार कट्टेलले बताए ।
जसमा सबैभन्दा बढि २७ वटा जिपको कारबाहीबाट २४ हजार राजश्व संकलन भएको छ भने सबैभन्दा कम ५ वटा ट्याक्टर कारबाहीमा परेका छन् ।
ट्राफिक प्रहरीले सञ्चालनमा ल्याएको यात्रु सहायता कक्षमा समेत साना सवारी साधन जिपले बढि भाडा लिएको गुनासो आउने गरेकाले निगरानी बढाएको र केहिले बढि भाडा लिएको पाइएकाले फिर्ता समेत गराइएको ट्राफिक ट्राफिक प्रहरीले जनाएको छ ।
दशै अघि मात्र प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको सक्रियतामा जिल्लाका सबै सवारीसाधनहरुको न्युनतम भाडादर निर्धारण गरिएको थियो । प्रमुख जिल्ला अधिकारीको अगुवाइमा निर्धारण गरिएको भाडादर कार्यान्वयन नभएको सरोकारवालाहरुको भनाई छ ।

प्रतिकृया

Add