नागरिक समाज र जनप्रतिनिधि उत्तदारी हुनुपर्छः खड्का

 बिहिबार, कार्तिक १६, २०७४ | onlinenews

१६ कार्तिक २०७४ रामेछाप


जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले नागरिक समाज र जनप्रतिनिधि उत्तरदायी हुनुपर्ने बताए । नागरिक समाज र जनप्रतिनिधिले विकास र पारदर्शीतामा समेत ध्यान दिनुपर्ने बताए ।
राजनीतिक पार्टी र सरकारी तथा गैरसरकारी संस्थाहरु पारदर्शी हुन आवश्यक रहेको भन्दै सबै निकाय सुध्रिनु पर्ने जिसस प्रमुख खड्काको भनाई थियो । संघसंस्था र राजनीतिक दलहरुले एकअर्कोमा हिलो छ्याप्ने भन्दा पनि सहकार्य गरेर अघि बढ्नुपर्ने खड्काले बताए ।
पारदर्शी भएर मात्र विकास र समृद्धि सम्भव हुने उनले बताए । सोमबार मन्थलीमा गोगो फाउन्डेशन रामेछापले आयोजना गरेको नागरिक संस्थाहरुको अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
त्यसैगरी प्रशासनिक अदालतका प्रमुख काशीराज दाहालले लोकतन्त्रलाई संस्थागत गर्न सबैले जवाफदेही बन्नु पर्ने बताए । उनले नागरिक समाजभित्र धेरै चुनौती र समस्या भएको भन्दै सबैले व्यवहारमा परिवर्तन ल्याएमा समस्या सहजै समाधान हुने बताए ।
विकास र समृद्धिको लागि सामाजिक शक्ति बलियो हुनुपर्ने, सामाजिक संस्था निष्पक्ष हुनेपर्ने, संसद प्रभाकारी हुनुपर्ने साथै सरकार जवाफदेही र न्यायपालिका शक्तिशाली हुनेपर्ने दाहालको भनाई थियो ।
निरंकुशता रोक्न अन्तराष्ट्रिय मान्यताअनुसार नागरिक समाज बनाइएको उल्लेख गर्दै पारदर्शीता र सुशासन कायम गर्नमा नागरिक समाजको अहम भूमिका हुने दाहालले बताए । कहिले दलको झण्डा र कहिले संस्थाको झाण्डा बोक्ने ब्यक्ति सामाजिक कर्मी हुनै नसक्ने भन्दै नागरिक समाजले एकता र सहिस्नुता खल्बलिन दिननहुने बताए । स्वेच्छारको अन्त्य गरि सुशासन कायम गर्न नागरिक र राज्यबीचमा मध्यस्तताको भूमिका निर्वाह गर्दै पीडितको पक्षमा वकालत गर्नु नागरिक समाजको दायित्य भएको उनले बताए ।
मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कानून र कर्मचारीको अभावमा स्थानीय तहको काम गर्न कठिनाई भएको बताए । कर्मचारी अभावका कारण प्राविधिक ज्ञानै नभएको कर्मचारीलाई प्राविधिक काममा लगाउनु परेको बस्नेतले गुनासो गरे ।
राजनीतिक किचलोको कारण मन्थली नगरपालिकामा ७ सय ८६ वटा वर्षिक योजना बनाउन आपूm बाध्य भएको र जसको कारण चालू आर्थिक वर्षमा योजना पूरा गर्न र सुशासन कायम गर्न सकिने अवस्था नरहेको उनले बताए ।
जनप्रतिनिधिले आफ्ना अधिकार र कानून नबुझेको भन्दै कर्मचारी मात्तिएको र जनप्रतिनिध पात्तिएको नगरप्रमुख बस्नेतले टिप्पनी गरे । साथै उनले एनजीओ आइएनजीओहरु अपारदर्शी भएको ठोकुवा समेत गरे । एनजीओ आइएनजीओहरुले कागजमा मात्र काम गर्ने गरेको भन्दै पारदर्शी हुन पनि उनले संघसस्थाहरुलाई आग्रह गरे ।
त्यसैगरी रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले ऐन नियम बनाउने राजनीतिक दल भन्दा समाज कल्याण बलियो भैदिँदा समस्या भएको बताए । युएसएआईडीको आर्थिक सहयोग र एफएचआई ३६० को सहकार्यमा गोगो फाउण्डेशनले कार्यक्रमको आयोजना गरेको थियो ।

प्रतिकृया

Add