अष्ट्रेलियाले नेपाललाई निरन्तर सहयोग गर्छः राजदूत पिटर

 शुक्रबार, कार्तिक १७, २०७४ | onlinenews

१७ कार्तिक २०७४ रामेछाप


नेपालका लागि अष्ट्रेलियाका राजदूत पीटर बुडले नेपाललाई अष्टे«लीयाको सहयोग निरन्तर रहने बताएका छन् । अष्ट्रेलीयाले नेपालको दिगो विकास हेर्न चहेको भन्दै त्यसको लागि अष्ट्रेलीया सबैद सहयो गर्न इच्छुक रहेको राजदूत पीटरले बताए ।
रामेछापको सदरमुका मन्थलीमा बिहीबार आयोजीत एक कार्यक्रमलाई संवोधन गर्दैै उनले यस्तो बताएका हुन् । ६ महिना अघि नेपालका लागि राजदूतको जिम्मेवारी पाएका पीटर अष्ट्रेलियाली सरकारको आर्थिक सहयोगमा यूएनडिपी मार्फत रामेछाप जिल्लामा सञ्चालीत योजनाहरु अनुगमनका लागि बिहीबार सदरमुकाम मन्थली आएका थिए ।
दोलखाका जिल्ला हुँदै रामेछापको सदरमुकम मन्थली आएका बुडले मन्थली नगरपालीका वडा नं १ हवाइमैदानसँगै रहेको शैलुङ्ग नुम्वुर प्रा.लि.र शैलुङ्ग नुम्वुरद्धारा सञ्चालीन नेपाली कागज उद्योगको बारेमा समेत जानकारी लिएका थिए ।
विगत ४ वर्षदेखि नुम्बर कम्पनीले त्यहाँ काम गर्ने सबै कामदारहरुको समेत शेयर रहने ब्यवस्था गरेको र उद्योगबाट वार्षिक ४८ लाख रुपैयाँ आम्दानी गर्दै आएको कम्पनीका व्यवस्थापक देवेन्द्र श्रेष्ठले बताए ।
वार्षिक २६ हजार कोरी नेपाली कागज उत्पादन गर्दै आएको र कम्पनीले मागका आधारमा बजारमा सामाग्री पु¥याउन नसकेको पनि श्रेष्ठले बताए ।
लेकको जंगलमा पाइने अरगेली र लोक्ता प्रशोधन गरि नेपाली कागज बनाउने गरिन्छ । नेपाली कागज उद्योगमा हाल २५ जना कामदार रहेका छन् । कम्पनीको कामसँगै शेयर पनि दिएकाले आफुहरुका लागि कागज उद्योग आयआर्जनको राम्रो श्रोत बनेको कर्मचारीहरुको भनाई छ ।
कागज उद्योगबाट जिविकोपार्जनमा ठूलो सहयोग पुगेको कर्मचारीको भनाई छ । कम्पनीको निरीक्षणपछि जिल्ला समन्वय समिति रामेछाप मन्थलीको सभाहलमा आयोजीत कार्यक्रममा राजदूत पिटर सहभागि भएका थिए ।
जिल्लामा सञ्चालीत लघु उद्यम परियोजनाको अवस्था आपूmले सन्तोषजन पाएको भन्दै परियोजनालार्ई निरन्तरता दिने अवस्था नभए पनि अन्य शीर्षकमा परियोजनालाई सहयोग गर्ने राजदूत पिटरले आश्वासन दिएका थिए ।
विपन्नता भएका व्यक्तिलाई आयआर्जन मार्फत जिविकोपार्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको परियोजनाको अवस्थन सन्तोषजनक पाइएको उनले बताएका हुन् ।
अष्ट्रेलीयन सरकारको सहयोगमा जिल्लामा कृषि, वन, कला, सेवा उत्पादनका शीर्षकमा उद्योग सञ्चालन भइरहेका छन् । हालसम्म ४ हजार ४ सय १७ जना उद्यमी उत्पादन भएको घरेलु तथा साना उद्योग विकास समितिका प्रमुख राजेन्द्रकुमार श्रेष्ठले वताए ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्का, मन्थली नगरपालीकाका मेयर रमेशकुमार वस्नेत, प्रमुख जिल्ला अधिकारी दिलीपप्रसाद लामिछाने, स्थानीय विकास अधिकारी राजेन्द्रकुमार केसीले अष्टे«लीयन सरकारले जिल्लामा उद्यमी विकासमा पु¥याएको सहयोगको लागि धन्यवाद ब्यक्त गरेका थिए ।

प्रतिकृया

Add