स्थानीय तहलाई आधार मान्दा रामेछापमा वामगठबन्धन बलियो

 आइतवार, कार्तिक १९, २०७४ | onlinenews

१९ कार्तिक २०७४ रामेछाप


मंसिर १० गते पहिलो चरणमा हुने संघ र प्रदेशसभा निर्वाचनमा आफ्नो दललाई जिताउ रामेछापका राजनीतिक दलहरु घरदैलो कार्यक्रममा व्यस्त छन् ।
चुनावी कार्यतालिका बनाएर गाउँ पसेका दलहरु उम्मेदवारसहित विभिन्न क्षेत्रमा चुनावि कार्यक्रम गरिरहेका छन् । गठबन्धन बनाएर चुनावमा होमिएका बामगठबन्धन र लोकतान्त्रिक गठबन्धनले आफ्नो दलको जित शु–निश्चित भएको बताउदै प्रचार प्रसारलाई तीब्रता दिइरहेका छन् ।
वैशाख ३१ मा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणलाई हेर्ने हो भने रामेछापमा लोकतान्त्रिक गठबन्धन भन्दा वामगठबन्धन बलियो देखिएको छ ।
स्थानीय तहको चुनावको नतिजा हेर्ने हो भने ८ पालिका मध्यय रामेछापमा वामगठबन्धनमा आवद्ध दल ७ पालिकामा विजयी भएका छन भने काँग्रेसले एक पालिका जितेको छ ।
रामेछापमा वामगठबन्धनले स्थानीय तह निर्वाचनमा कूल ५६ हजार ६ सय ६४ मत पाएको थियो भने नेपाली काँग्रेसले २७ हजार ३ सय ५४ मत पाएको थियो । यस आधारमा पनि रामेछापमा वामगठबन्धनको मत कांग्रेसले पाएको भन्दा २९ हजार धेरैले बढी छ ।
रामेछापका एक पालिकामा काँग्रेसले जितेको भए पनि विजयी उम्मेदवार र दोस्रो स्थानमा मतपरिणाम ल्याएका उम्मेदवारको बीचमा मतान्तर धेरै छैन । यसरी हेर्दा वामगठबन्धन बलियो अवस्थामा देखिएता पनि काँग्रेसको लोकतान्त्रिक गठबन्धनमा अन्य दल पनि आवद्ध रहेकाले चुनावी प्रतिस्पर्धा भने रोचक हुने देखिएको छ ।
रामेछापमा वामगठबन्धनको तर्फबाट माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं विना विभागीय मन्त्री श्यामकुमार श्रेष्ठ तथा लोकतान्त्रिक गठबन्धनबाट नेपाली कांग्रेसका पुर्णबहादुर तामाङ (कान्छाराम) चुनावि मैदानमा छन् ।
प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको रामेछापमा प्रदेशसभाका लागि २ वटा निर्वाचन क्षेत्र कायम छ् । जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार आगामी निर्वाचनमा रामेछापमा १ लाख ५२ हजार ५ सय ५९ मतदाताले आफ्नो मताधिकारको प्रयोग गर्न पाउनेछन् ।

प्रतिकृया

Add