वामगठबन्धनलाई भोट माग्दै कान्छारामका दाई

 मङ्लबार, कार्तिक २८, २०७४ | onlinenews

२८ कार्तिक २०७४ रामेछाप


नेपाली काँग्रेस रामेछापका प्रतिनिधिसभा सदस्यका उम्मेदवार पूर्णबहादुर तामाङ ‘कान्छाराम’को सहोदर साइला दाई नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त वामगठबन्धनलाई भोट माग्दै हिडेका छन् ।
वामगठबन्धनको संयुक्त चुनावि अभियानमा हिडेका अमर तामाङले कम्युनिष्ट बाहेकका शक्तिले देश निर्माण गर्न नसक्ने भएकाले आफ्नै कान्छा भाई पूर्णबहादुर तामाङ कान्छाराम नेपाली काँग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार भए पनि आपूm वामगठबन्धनलाई भोट माग्दै हिडेको बताए ।
उनले भने दाजुभाई, छिमेकी, भेगीय र जातिको आधारमा सहयोग गर्ने भनेको विवाह ब्रतबन्ध, अर्मपर्ममा हो । अहिलेको यो अभियान राष्ट्र बनाउने अभियान हो । देश बनाउने अभियान हो । त्यसैले आफ्नै भाई प्रतिनिधिसभाको उम्मेदवार हुँदाहुदै पनि म वामपन्थी गठबन्धनलाई भोट माग्दै हिडेको छु उनले भने ।
नेपाली काँग्रेसले यो देशको लागि केही गर्नै नसक्ने पनि कान्छारामका दाई अमर तामाङले ठोकुवा गरे । काँग्रेसले यो देश निर्माण गर्न नसक्ने निष्कर्षसहित आपूm वामगठबन्धनमा लागेको पनि उनले बताए । वामगठबन्धनको तर्फबाट रामेछापको प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा नेकपा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य तथा निवर्तमान गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी प्रदेशसभा ‘क’ मा नेकपा एमाले रामेछापका अध्यक्ष शान्तिप्रसाद पौड्याल र प्रदेशसभा ‘ख’ मा नेकपा एमाले नेता कैलाप्रसाद ढुङ्गेल रहेका छन् ।

 

प्रतिकृया

Add