वामपन्थीले संविधान संशोधन गर्न नदिएको देउवाको आरोप

 बिहिबार, मंसिर १४, २०७४ | onlinenews

सप्तरी प्रधानमन्त्री शेरबहादुर देउवाले वामपन्थीहरुले संविधान संशोधन नगर्न नदिएको आरोप लगाएका छन् । चुनावि सभालाई संवोधन गर्न बिहीबार सप्तरीको कठौना पुगेको देउवाले यस्तो आरोप लगाएका हुन् ।
नेपाली काँग्रेसका सभापति समेत रहेका देउवाले कम्युनिष्टहरुले जिते अब पनि संविधान संशोधन हुन नसक्ने बताए । लोकतान्त्रिक गठबन्धनलाई बहुमतका साथ जिताउन जनतालाई आग्रह गर्दै निर्वाचनमा लोकतान्त्रिक शक्तिले दुई दिइतिहाई ल्याए संविधान संशोधन गर्ने बताए ।
कम्युनिष्टले जिते लोकततन्त्र खतरामा पर्ने देउवाको भनाई छ । देशमा फेरि एकदलीय निरंकुश कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको प्रधानमन्त्री देउवाले बताए ।
लोकतन्त्रको भ¥याङ्ग चढेर अधिनायकवाद ल्याउन खोजेको भन्दै ‘राणा शासनको अन्त्य काँग्रेसले गरेको बताए । निरकुंशता ढालेर लोकतन्त्र ल्याए पनि फेरि एकदलीय कम्युनिष्ट शासन स्थापना गर्ने प्रयास भइरहेको छ देउवाले भने ।’

प्रतिकृया

Add