रामेछापमा वामगठबन्धन विजयी

 आइतवार, मंसिर २४, २०७४ | onlinenews

एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको रामेछापमा तीन वटै सिटमा वामगठबन्धन विजयी भएका छन् ।
प्रतिनिधिसभामा वामगठबन्धनका साझा उम्म्ेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ विजयी भएका छन् भने प्रदेशसभा ‘क’ मा नेकपा एमालेका शान्तिप्रसाद पौडेल र प्रदेशसभा ‘ख’मा पनि एमालेकै कैलाशप्रसाद ढुङ्गेल विजयी हुनुभएका हुन् ।
प्रतिनिभिसभामा श्यामकुमार श्रेष्ठले उनको प्रतिस्पर्धी पूर्णबहादुर तामाङलाई ६ हजार ३ सय ४६ मतले पछि पार्दै ४२ हजार १ सय ७७ मत प्राप्त गरि विजयी भएका छन् । उनका प्रतिद्धन्दी नेपाली काँग्रेसका पूर्णबहादुर तामाङले ३५ हजार ७ सय ७१ मत रहेको छ ।
प्रदेशसभामा ‘क’ मा एमालेका जिल्ला अध्यक्ष समेत रहेका शान्तिप्रसाद पौडेल २२ हजार ३ सय ६९ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका उम्मेदवार रत्नबहादुर कार्कीले १६ हजार १ सय ५८ मत पाएका छन् । पौडेलले कार्कीलाई ६ हजार २ सय ११ मतको अन्तरले पराजित गरेका हुन् ।
त्यसैगरी प्रदेशसभा ‘ख’ मा एमालेका कैलाशप्रसाद ढुङ्गेल २६ हजार ९ सय ३५ मत प्राप्त गरि विजयी भएका छन् । उनको प्रतिद्वन्दी नेपाली काँग्रेसका उम्मेदवार जितबहादुर थापामगरले १४ हजार ७ सय २९ मत पाएका छन् । ढुङ्गेलले काँग्रेसका उम्मेदवार थापामगरलाई १२ हजार २ सय ६ मतान्तरले पराजित पराजित गरेका हुन् ।

प्रतिकृया

Add