विजुलीकोटका प्रकाशले सुनारपानीमा गरे आत्महत्या

 सोमवार, मंसिर २५, २०७४ | onlinenews

रामेछाप/ रामेछाप जिल्लाको साविकको विजुलीकोट–४ का प्रकाश श्रेष्ठ मन्थली नगरपालिका–५ तल्लो सुनारपानीको जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
सोमबार दिउसो गाउँबस्तु चराउन जंगल गएका ब्यक्तिले प्रकाशलाई मृत अवस्था देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक प्रकाशको नजिकै नोभान नामक विषको २ वटा खाली बोतल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अुनसार मृतक २६ वर्षिक प्रकाशको साथबाट नेपाली नागरिकता र मतदाता परिचय पत्र पनि फेला परेको छ । उनले विष सेवन गरि अत्महत्या गरेको आशंका गरिए पनि किन आत्महत्या गरे भन्ने केही खुलेको छैन ।

प्रतिकृया

Add