थ्रेसहोल्डले छोएन ‘सानालाई’

 शनिबार, पुस १, २०७४ | onlinenews

प्रत्यक्षतर्फ सिट जितेर पनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन नसकेपछि नेमकिपा, राप्रपा, राजमो, नयाँशक्तिलगायत दल राष्ट्रिय मान्यताबाट वञ्चित भए पनि अघिल्लो संसद्मा एक(दुई सिट जितेर पटक(पटक मन्त्री बनेका साना दलका नेताहरूचाहिँ सुरक्षित भएका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्था भएपछि साना दलका नेताहरू ठूला पार्टीमा प्रवेश गरेर सुरक्षित बनेका हुन् । चुनावको मुखमा हतार(हतार पार्टी एकीकरण गर्दै ‘ठूलो’ बनेपछि थ्रेसहोल्डले उनीहरूलाई खासै असर गरेन । थ्रेसहोल्डका कारण मधेसवादी दलहरू एक भए भने एक(दुई सिटे दलका नेताहरू एमाले, कांग्रेस र माओवादीमा समाहित भए ।

राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० की सीमाकुमारी विक चुनावको मुखमा नयाँ शक्तिमा प्रवेश गरिन् भने राष्ट्रिय जनमुक्ति पार्टी ९लोकतान्त्रिक० का शिवलाल थापा फोरम लोकतान्त्रिक हुँदै कांग्रेसमा पुगे । नेपाल परिवार दलका —एकनाथ ढकाल र मिलनकुमार राजवंशी एमाले प्रवेश गरे । थरुहट तराई पार्टीका गोपाल दहित फोरम लोकतान्त्रिक हुँदै कांग्रेसबाट प्रत्यक्षतर्फ नै टिकट लिए । गंगा चौधरी सत्गौवा नयाँ शक्ति हुँदै एमाले पुगेर सुरक्षित भए भने अखण्ड नेपालका कुमार खड्का कांग्रेसमा, जनजागरण पार्टी नेपालका लोकमणि ढकाल एमालेमा, मधेस समता पार्टी नेपालका मेघराज नेपाली एमालेमा प्रवेश गरेका छन् ।

नेपाली जनता दलका हरिचरण साह, नेपाः राष्ट्रिय पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० की रुक्मिणी चौधरी आफैँ चुनावमा होमिए भने समाजवादी जनता पार्टीका प्रेमबहादुर सिंह माओवादी केन्द्रमा प्रवेश गरे । दलित जनजाति पार्टीकी यशोदाकुमारी लामा फोरम लोकतान्त्रिक हुँंदै कांग्रेसमा सहभागी भइन् । दुई(दुई सिटका तीन र एक(एक सिटका १० पार्टीमध्ये कतिपय एक्लै र कतिपय ठूला दलमा समाहित हुँदै निर्वाचनमा सहभागी भए ।

उनीहरूलाई तीन प्रतिशत थ्रेसहोल्डको व्यवस्थाले कुनै असर नै गरेन ।संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० रुक्मिणी चौधरी आफैँ चुनावमा गएर पार्टीको अस्तित्व बचाएको दाबी गर्छिन् ।

प्रतिकृया

Add