रामेछापको बेथानमा वामगठबन्धनको विजयी सभा

 शनिबार, पुस १, २०७४ | onlinenews

वामगठबन्धन रामेछापले बेथानमा शनिबार विजय सभा गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापको तीनवटै सिट जितेको वामगठबन्धनले रामेछापको बेथानमा विजय सभाको आयोजना गरेको हो ।
चुनावि प्रचारप्रसारको क्रममा जिल्ला प्रशासनले बेथानलाई निशेधित क्षेत्र घोषणा गरेर वामगठबन्धनलाई पूर्वनिर्धारित कार्यक्रम गर्न समेत रोक लगाएको थियो ।
सुरक्षा चुनौतिको विषय देखाउँदै वामगठबन्धनले बेथानमा आयोजना गरेको पूर्वनिर्धारीत कार्यक्रम गर्न प्रशासनले रोक लगाएपछि वामगठबन्धले प्रशासनको निर्णयको विरुद्धमा जिल्लाभरी विरोधसभा समेत गरेका थिए ।
जिल्लाको तीन ओटै सिटमा जित हात पारेपछि बेथानमा विजय सभाको आयोजना गर्नुका साथै विजयी उम्मेदवारहरु बेथानका मतदाताको घरघरमा पुगेर धन्यवाद दिएका थिए ।
जनताको मत सर्वोपरि भएकाले मतदातालाई भेटन, जनताको समस्याको बारेमा छलफल गर्न र समस्या समाधानका लागि आपूmहरुले गर्ने पहल र प्रतिबद्धताका लागि मतदाताको घरमै पुगेको निर्वाचित सांसदहरुको भनाई छ ।
पहिलो चरणअन्तर्गत मंसिर १० गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा रामेछापबाट वामगठबन्धनका उम्मेदवारहरु भारी मतान्तरले विजयी भएका थिए ।
जिल्लाको प्रतिनिधिसभातर्फ माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य एवं राज्यमन्त्री श्यामकुमार श्रेष्ठ ‘कुशल’ प्रदेशसभा ‘क’ मा एमाले जिल्ला अध्यक्ष शान्तिप्रसाद पौडेल र प्रदेशसभा ‘ख’ मा एमाले नेता कैलाशप्रसाद ढुङ्गेल निर्वाचित भएका छन् ।

प्रतिकृया

Add