संख्यात्मक रुपमा महिला बढि विदेश जाने जिल्ला मध्य रामेछाप पनि एक

 सोमवार, पुस १०, २०७४ | onlinenews

 वैदेशिक रोजगारिको क्रममा संख्यात्मक रुपमा महिला बढि विदेश जाने १० जिल्लाहरु मध्यमा रामेछाप जिल्ला पनि पर्दछ ।
वैदेशिक रोजगारीको लागि महिला बढि विदेश जाने जिल्लाहरुमा झापा सिन्धुपाल्चोक, सुनसरी, नुवाकोट, नवलपरासी, रामेछाप धादिङ, सिन्धुली, उदयपुर र बाँस्की पर्दछ ।
महिला मात्रै नभएर वैदेशिक रोजगारीको लागि बढि विदेश जाने १० जिल्लाहरुमा पनि रामेछाप पर्दछ । रामेछाप जिल्लाबाट आर्थिक वर्ष २०६७÷०६८ देखि आर्थिक वर्ष २०७३÷०७४ सम्म वैधानिक बाटो भएर विदेश जानेको संख्या ३० हजार १ सय ५७ रहेको छ ।
जसमा पुरुष २७ हजार १ सय ९७ जना र महिला २ हजार ८ सय ६० जना रहेको हेल्भेटास स्विस इन्टरकोअपरेशन नेपालद्धारा सञ्चालीत सुरक्षित आप्रवास जिल्ला परियोजना कार्यक्रम संयोजक भोजराज सुनुवारले जानकारी दिए ।
१८ औं विश्व आप्रवास दिवमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा जानकारी गराएका हुन् ।
विश्व आप्रवास दिवसको सन्दर्भमा रामेछापको सदरमुकाम मन्थलीमा आयोजना गरिएको “सुरक्षित वैदेशिक रोजगारका लागि स्थानीय तहको भूमिका” विषय अन्तरक्रिया कार्यक्रममा वैदेशिक राजगारका नेपाल र रामेछाप जिल्लाको अवस्थाको बारेमा जानकारी गराएका थिए ।
त्यसैगरी सूचना तथा परामर्स केन्द्रका कार्यक्रम संयोजक दिपक केसीले सुरक्षित वैदेशिक रोजगार सम्बन्धी जिल्लामा सञ्चालन गरेको गतिविधिहरुको बारेमा जानकारी गराएका थिए ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काले आगामी दिनमा स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने कार्यक्रम तय गर्ने बताएका छन् । जसको लागि सबै निकायको सहयोग आवश्यक पर्ने उनले बताए ।
त्यस्तै मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले कृषि, पशु ब्यवसाय र कुटिल उद्योगमार्फत रोजगार सिर्जना गर्न सकिने बताए । त्यसको लागि काम गर्न तयारी हुनुपर्ने उनको भनाई छ ।
श्रम गर्न तयार हुने हो भने पूँजीको पनि अभाव नहुने बस्नेतले बताए । जिल्लामा कृष, शिक्षा र घरेलु तथा साना उद्योगहरुमा ठूलो धेरै लगानी भइरहेको भए पनि नक्कली कागज बनाएर नक्की कृषक र नक्कली मान्छेहरुले फाइदा लिइरहेको बताए ।
ब्यवसाय गरेर अगाडि बढ्न चाहनेहरुलाई हरेक ब्यवसायको लागि सहयोग गर्न मन्थली नगरपालिका तयार रहेको पनि बस्नेतले बताए ।
उनले भने– ‘हामीले युवा पुस्तालाई रोजगारीसँग गाँस्न सक्यौ भने केही गर्न सक्छौँ । त्यसको लागि भू–उपयोग नीति ल्याएर खेतीयोग्य जमिनको रक्षा गर्न सक्नुपर्छ । अन्यथा हाम्रा नाती पलातीले खान नपाउँने दिन आउँनेछ ।’
नेपाली काँग्रेस रामेछापको कोषाध्यक्ष कुमार श्रेष्ठले युवाहरुलाई गाउँमै स्वरोजगार बनाउनको लागि स्थानीय निकायले बजेट विनियोजन गर्नुपर्ने बताए ।
नेपालमै स्वरोजगार सिजर्ना गर्न नेपाली काँग्रेस सधैभरी तत्पर रहने पनि उनले बताए । नेकपा एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले विद्यमान नोकरशाही अर्थ ब्यवस्थाको अन्त्य गरेर नयाँ अर्थ ब्यवस्था कामय गर्न सके युवाहरुको लागि स्वदेशमै रोजगारीको अवसर मिल्ने बताए ।
दलाल पूँजीवादी अर्थतन्त्रले राष्ट्रिय पूँजिको विकास र उद्योग कलकारखामा अवरोध पु¥याउने भएकाले त्यसलाई परिवर्नत गर्दै जानुपर्ने उनले बताए । स्थानीय स्तरमै रोजगार स्थापना गर्नको लागि ग्रामिण अर्थतन्त्र र ग्रामिण उद्योगहरु स्थापनामा जोडदिनु पर्ने श्रेष्ठको भनाई छ ।
पूर्वा संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता तारानारायण श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सामी परियोजनाले केही पहल गरे पनि यो पर्याप्त नभएको बताए । राज्यले नै यसमा ध्यान दिनुपर्ने बताए ।
वैदेशिक रोजगारीमा जानेहरुको लागि शिप सिकेर जाने कुराको ग्यारेन्टि स्थानीय सरकारले गर्नु पर्ने उनको भनाई छ । वैदेशिक रोजगारी सम्बन्धी ज्ञान, सीप र जागरणको कार्यक्रम स्थानीय तहले सञ्चालन गर्नु पर्ने श्रेष्ठ बताए ।
त्यसैगरी गैरसकारी संस्था महासंघ रामेछापका अध्यक्ष मिलनकुमार घिसिङले युवाहरुलाई रोजगारी सिर्जना गर्ने पहिलो दायित्व स्थानीय सरकारको भएको बताए ।
स्थानीय सरकारले घरेलु तथा साना उद्योग र ठूला उद्योगहरु सञ्चालन गरेर स्थानीय सरकारले रोजगारिको अवसर सिर्जना गर्न सक्नुपर्ने उनको भनाई छ ।
अहिले परम्परागत जिविकोपार्जन गर्ने काम भइरहेको र त्यसले मात्रै नपुग्ने भन्दै बजार ग्यारेन्टि सहितको उद्योग धन्दा सञ्चालन गर्नुपर्ने घिसिङले बताए ।
यस्तै अन्तरक्रियाका अन्य सहभागिहरुले सामी परियोजनाको कार्यक्रम सकिएपछि पनि यो कार्यक्रमलाई स्थानीय तहले निरन्तरता दिनुपर्ने बताएका थिए ।
सोही अवसरमा वैदेशिक रोजगारिको गएर विभिन्न कारणले समस्यामा परेकाहरुलाई सामी परियोजनाले गरेको सहयोग र पीडित परिवारको अवस्थालाई समेटिएर तयार गरिएको बृत्तचित्र पनि देखाइएको थियो ।
त्यसैगरी सोही दिन साँझ मन्थलीस्थित देवकोटा चोकमा दीप प्रज्वलन गरि दीपवाली समेत गरिएको थियो ।

प्रतिकृया

Add