सार्वजनिक स्थलमै जातीय छुवाछुत

 आइतवार, पुस २३, २०७४ | onlinenews

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेमा सर्वजनिक स्थलमा समेत जातीय छुवाछुत कायमै रहेको छ । २०२० सालमा मुलुकी ऐन बने पनि जातीय छुवाछुत अहिलेसम्म पनि अन्त्य हुन सकेको छैन ।
नेपालको संविधान २०७४ मा जातीय छुवाछुतलाई सामाजिक अपराधको रुपमा उल्लेख गरिएको भए पनि रामेछापको चुचुरेमा भने सार्वजनिक स्थलमै छुवाछुत भइरहेको छ ।
त्यहाँका होटल तथा पसलहरुमा दलित समुदायका ब्यक्तिलाई भित्र प्रवेश गर्न निशेध गरिएको छ । पसमा बेच्न राखिएको तरकारी छुदा समेत चुचुरेका दलितले कुटाइखानु परेको अवस्था छ । चुचुरे बजारको एक पसलमा बेच्न राखिएको मूला छुँदा आपूmमाथि हातपात भएको स्थानीय एक दलितले बताए ।
गोकुलगंगा गाउँपालिकाको १ नम्बर वडामा पर्ने चुचुरेमा जातीय छुवाछुत समस्याकै रुपमा रहेको छ । सार्वजनिक होटल तथा पसलहरुमा दलित प्रवेश गरेमा घोक्राएर बाहिर निकाल्ने गरेको दलित समुदायको गुनासो छ ।
स्थानीय जतप्रतिनिधिहरुले जातीय छुवाछुत अन्त्य गर्ने अभियान नै चालाए पनि ब्यवहारमा भने लागू हुन सकेको छैन ।
गोकुलगंगा रामेछाप जिल्लाकै सबैभन्दा बढी जातीय छुवाछुत हुने गाउँपालिका भएको र त्यसमा पनि नामाडी, बेताली चुचुरे लगायतको गाउँहरु बढी सम्वेदनशील रहेको दलित अधिकारकर्मी गम्भीर विकले बताए ।

प्रतिकृया

Add