अब भंगेरीबासीको दुःखका दिन गयोः गजुरेल

 सोमवार, पुस २४, २०७४ | onlinenews

रामेछाप । नेकपा माओवादी केन्द्रका केन्द्रीय हेडक्वाटर सदस्य हरिबोल गजुरेलले रामेछापको भंगेरीबासीको दुःखको दिन गएको बताएका छन् ।
शहीद गंगालाल श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्मभूमी रामेछापको भंगेरीलाई पर्यटनको रुपमा acheter du cialis en ligne विकास गर्ने कामको थाली भइसकेको उनले बताए । रामेछापको भंगेरीलाई विश्वका कम्युनिष्टहरुको लागि नेपालको कम्यनिष्ट

 इतिहासको अध्ययन गर्ने थलोको रुपमा विकास गर्ने कामको  सुरुवात भइसकेको पनि गजुरेलको भनाई छ ।
नारायणबाबु स्मृति प्रतिष्ठान रामेछापले रामेछाप र सिन्धुली जिल्लाबाट निर्वाचित भएका प्रदेश तथा प्रतिनिधिसभाका सांसदहरुलाई सम्मान तथा बधाई दिन आयोजना गरेको कार्यक्रममा नेता गजुरेलले यस्तो बताएका हुन् ।
उनले भने– “हेर्दै जानु होला सदरमुकाम मन्थली कहाँ रहन्छ र रामेछाप

 डाँडा कहाँ पुग्छ ।” रामेछापको भंगेरीलाई पर्यटन क्षेत्रको रुपमा विकास गरि आर्थिक श्रोतको मूल नै फुटाउने छौं नेता गजुरेलले भने ।
पूर्व कृषिमन्त्री स

मेत रहेका नेता गजुरेलले अहिलेको वामपन्थीबीचको एकता समान्य परिघटना नभएको पनि बताए ।
त्य

स्तै विनाविभागीय राज्यमन्त्री श्यामकुमार श्रेष्ठले नेपाली जनताले एमाले र माओवादी एक भएको हेर्न चाहेको भन्दै अब पार्टी एकतामा तुसारापात गर्ने अधिकार कसैलाई पनि नभएको बताए ।
दुई पार्टी एकताको लागि मत दिएर जनताले अनुमोदन गरिसकेको भन्दै अब दुई वटै पार्टीले एकता प्रक्रियाबाट पछाडि हट्ने ठाउँ नरहेको बताए । पार्टी एकता प्रक्रियाबाट पछि हटे

 नेपालमा कम्युनिष्ट पार्टी झर्नेबेलाको रुखको पालझै पहेलिएर जाने पनि मन्त्री श्रेष्ठको भनाई छ ।
सम्मान कार्यक्रमलाई संवोधन गर्दै मन्त्री श्रेष्ठले निर्वाचनको बेलामा जनतासँग गरेको बाँचाहरु पूरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् ।
समाजसेवी नारायणवाबु श्रेष्ठको नामबाट स्थापना गरिएको नारायणबाबु स्मृति प्रतिष्ठानले दुई जिल्लाका प्रतिनिधि तथा प्रदेशसभाका निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा सिन्धुलीबाट १ नम्बर क्षेत्रका प्रतिनिधिसभामा निर्वाचित सांसद गणेश पहाडी, प्रदेशसभाका लागि रामेछापबाट निर्वाचित सांसद कैलाशप्रसाद ढुङ्गेल र सिन्धुलीबाट निर्वाचित सांसदहरु बुद्धिमान माझी, लेखनाथ दाहाल, प्रदिप कटवाल र विनोद खड्काको सहभागिता रहेको थियो ।
प्रतिष्ठानका अध्यक्ष नरेशबाबु श्रेष्ठले पुष्पलालको जन्मथलो भंगेरीमा नवनिर्वाचित सांसदहरुलाई सम्मान एवं बधाई दिन पाउँदा आपूm हर्षित भएको बताए । कार्यक्रममा कलाकार बद्रि पंङ्गिनी, शंकर विसीलगायतका कालाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिकृया

Add