रामेछापमा स्वास्थ्य विमा कार्यक्रम सुरु

 बिहिबार, पुस २७, २०७४ | onlinenews

राजिव कार्की


रामेछापमा पनि स्वास्थ्य विमा कार्यक्रम सुरु भएको छ । स्वास्थ्य विमा वोर्ड टेकु काठमाण्डौले बुधबार सदरमुकाम मन्थलीमा आयोजना गरेको एक कार्यक्रमका विच मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार बस्नेतले जिल्लामा स्वास्थ्य विमा कार्यक्रमको औपचारिक रुपमा सुभारम्भ गरेका हुन् । विमा कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख बस्नेतले सरकारले ल्याएको स्वास्थ्य विमा कार्यक्रम अत्यावश्यक रहेको भन्दै जिल्लाको प्रत्यक नागरिकको घरघरमा यो कार्यक्रम लैजानुपर्नेमा जोड दिए ।
रामेछापका ६४ वटै वडामा एकैसाथ स्वास्थ्य बिमा सदस्यताको फारम भरेर कार्ड वितरण गर्न थालिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य निरीक्षक केशव फुयाँलले बताए । स्वास्थ्य विमा कार्यक्रमअन्तर्गत पाँचजनाको परिवारले बिमा गरेवापत वार्षीक २ हजार ५ सय तिर्नुपर्नेछ । पाँचजनाभन्दा बढी सदस्य भएको परिवारले भने प्रतिसदस्य थप ४२५ रुपैयाँ तिर्नुपर्नेछ ।
विमितहरुको लागी पहिलो उपचार केन्द्र प्राथमिक स्वास्थ्य केन्द्र मन्थली ,गेलु प्राथमिक स्वास्थ्य केन्द्र,खिम्ती प्राथमिक स्वास्थ्य केन्द्र , जिल्ला अस्पताल रामेछाप ,जिरी अस्पताल जिरी,धुलिखेल अस्पताल तोकिएको छ । पहिलो उपचार केन्द्रबाट रिफर गरिएका विमित विरामीहरुले परिचयपत्रको आधारमा सरकारले तोकेको कुनै पनि अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशूल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सक्नेछन् । पाँच जनाभन्दा माथिको परिवारको हकमा भने प्रतिव्यक्ति दश हजारका दरले क्षतिपूर्ति दिइनेछ ।

प्रतिकृया

Add