शुक्रबारको खेलमा जेम्स कलेजले ग¥यो आत्मघाति गोल

 शुक्रबार, पुस २८, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


काठमाडौ । कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालले आयोजना गरेकोे प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार पनि ४ खेल खेलाइएको कुमारी आवासीय माध्यमिक विद्यालयका कोअर्डिनेटर हेमन्त पराजुलीले जानकारी दिएका छन् ।
शुक्रबार भएको खेलमा आइडिएल ‘ए’ ले इष्टपोललाई ४–० गोल अन्तरले पराजित गरेको छ । आइडिएलका लागि सागर थापाले २ सुरज ठकुरीले १ र सागर तामाङले १ गोल गरेका हुन् ।
टाइम्स कलेज र आइडिएल कलेजको समूही ‘बि’ बीच भएको खेलमा टाइम्स २–१ गोल अन्तरले विजयी भएको छ । आइडिएलको ग्याल्जेन लामाको १ गोलका विरुद्ध टाइम्सका अनिश कार्कीले २ गोल फर्काएका हुन् ।
त्यसैगरी विट्स र केयूसिटी कलेजबीच भएको खेलमा विट्स १–० गोल अन्तरले विजयी भएको छ । विट्सको तर्फबाट समिर घलानले गोल गरेका थिए ।
शुक्रबारै कुमारी र जेम्स कलेजबीच भएको अर्को खेलमा जेम्स ३–२ गोल अन्तरले विजयी भएको छ । जेम्सको लागि भुपेन पौडेल ३ गोल गरेका थिए भने कुमारीका लागि सुरज मगरले १ गोल गरेको थिए । जेम्सको तर्फबाट १ गोल आत्मघाति हुँदा कुमारीको पक्षमा २ गोल हुन गएको थियो ।

प्रतिकृया

Add