रामेछापको लिखु गाउँपालिकाको नाम र केन्द्र परिवर्तन

 शनिबार, पुस २९, २०७४ | onlinenews

रामेछाप जिल्लाको लिखु गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ । गाउँ कार्यपालिकाले नाम र केन्द्र परिवर्तनको लागि गरेको सिफारिसको आधारमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नाम र केन्द्र परिवर्तन गरि पठाएको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।
गाउँपालिकाको पहिलो बैठकले गाउँपालिकाको नामा लिखु तामाकोसी गाउँपालिका राख्ने र केन्द्र धोबि बजारलाई कायम गर्ने निर्णय गरेको थियो ।
नाम र केन्द्र परिवर्तनका लागि गाउँपालिकाले गरेको सिफारिस स्विकृत भएसँगै अब लिखु गाउँपालिकाको नाम लिखुतामाकासी गाउँपालिका भएको छ भने गाउँपालिकाको केन्द्र धोबि कायम भएको छ । स्थानीय पुनःसंरचना गर्ने क्रममा गाउँपालिकाको केन्द्र कोटगाउँ टोकिएको थियो ।

प्रतिकृया

Add