ल्होछारको अवसरमा भलिबल प्रतियोगिता

 बुधबार, माघ ३, २०७४ | onlinenews

रामेछाप । २८५४ औं ठी सोनाम ल्होछारको अवसरमा रामेछाप जिल्लाको सुनापति गाउँपालिका–४ मा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।
योञ्जन समाज सेवाद्धारा आयोजीत भलिबल प्रतियोगिताको उद्घाटन बुधबार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सुनापति गाउँपालिका अध्यक्ष धावा लामाले गरेका छन्् ।
माघ ५ गतेसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा ७ टिम खेलाडीहरुको सहभागिता रहेको सुनापाति गाउँपालिकाका प्रवक्ता प्रेमसागर थापाले जानकारी दिएका छन् ।
भलिबल प्रतियोगिता सञ्चालनको लागि स्थानीय समाजसेवि डिबी तामाङले २० हजार रुपैयाँ आर्थिक सहयोग गरेको पनि प्रवक्ता थापाले जानकारी दिए ।
बुधबार उद्घाटन भएको खेलको बिहीबार बिहानदेखि खेल सञ्चालन हुने बताइएको छ ।

प्रतिकृया

Add