आगलागिबाट सोतिपाखा सामुदायिक बनको १२ हेक्टर क्षेत्रफल भन्दा बढी सखाप, आगो अझै नियन्त्रण बाहिर

 बिहिबार, माघ ४, २०७४ | onlinenews

रामेछाप । रामेछाप जिल्लाको लिखु गाउँपालिका–६ खिम्तीको सोतिपाखा सामुदायिक बनमा आगलागि हुँदा १२ हेक्टर क्षेत्रफल भन्दा बढि बन डढेलो लागेर सखाप भएको छ ।
बिहीबार बिहान ११ बजेदखि सुरु भएको आगलागि साँझसम्म पनि नियन्त्रणमा आउँन सकेको छैन ।
सोतिपाखा सामुदायिक बनको नर्पते भन्ने ठाउँबाट सुरु भएको आग बनभरी पैmलिएको हो ।
एकसय भन्दा बढि उपभोक्ता भेला भएर निभाउने प्रयास गरिरहे पनि आग नियन्त्रणमा आउँन नसकेको सोही बनका उपभोक्ता समितिका अध्यक्ष गंगाबहादुर श्रेष्ठले जानकारी दिए ।
सोतिपाखा सामुदायिक बनसँगै जोडिएको सल्लेभीर सामुदायिक बन भने उपभोक्ताको सक्रियतामा आगलागि हुँनबाट जोगाउँन सफल भएको उपभोक्ता टेकप्रसाद अधिकारीले जानकारी दिए ।
हावा चलेको कारण आगो नियन्त्रणमा लिन नसकिएको अध्यक्ष श्रेष्ठको भनाई छ । आगो लागिको कारण भने खुल्न सकेको छैन ।

प्रतिकृया

Add