कुमारी एकेडेमी (केब्स) मा बसन्त पञ्चमीको अवसरमा निःशूल्क विद्यार्थी भर्ना

 सोमवार, माघ ८, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/भ्याली संवाददाता


बसन्त पञ्चमीको अवसरमा कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालले निःशूल्क विद्यार्थी भर्ना लिएको छ ।
पञ्चमीको अवसरमा सोमबार भर्ना हुन आउँने विद्यार्थीलाई निःशूल्क भर्ना लिइएको कुमारी आवासीय माध्यामिक विद्यालय (केब्स) टुसालका प्रिन्सीपल मनोजप्रसाद भट्टराईले जानकारी दिए ।
प्रिन्सीपल भट्टराईका अनुसार सोमबार ५२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । साथै विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावकको सहभागितामा सामूहिक रुपमा सरस्वती पूजा गर्नुका साथै साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।
सामूहिक पूजाआजापछि कुरा गर्दै प्रिन्सीपल भट्टराईले केब्स सधै सर्बसुलभ र गुणस्तरीय शिक्षाको पक्षमा रहेको बताए । केब्स स्कूल गुणतरीय शिक्षा दिन सक्षम रहेको भनि नयाँ भर्ना भएका विद्यार्थी र अभिभावकलाई समेत भट्टराईले विश्वस्त पारेका थिए ।
विद्यार्थीको चौतर्फी क्षमता विकासका लागि केब्सले बढाइको अलावा अतिरिक्त क्रियाकलापलाई पनि संगसँगै लगिरहेको सोही विद्यालयका कोअर्डिनेटर हेमन्त पराजुलीले बताए ।

प्रतिकृया

Add