कुमारी आवसीय माध्यमिक विद्यालयले अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता गर्दै

 शुक्रबार, माघ १२, २०७४ | onlinenews

सन्तोष ढुङ्गेल/ भ्याली संवाददाता


कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) टुसालको आयोजनामा अन्तर विद्यालय स्तरीय बास्केटबल प्रतियोगिता हुने भएको छ ।
हालै मात्र प्रथम केब्स सिक्स ए साइड कप फुटबल प्रतियोगिता सम्पन्न गरेको केब्सले पुनः बास्केटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो ।
बास्केटबल प्रतियोगिता यही माघ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने कुमारी आवासीय माध्यमिक विद्यालय केब्सका प्रिन्सीपल मनोजप्रसाद भट्टराईले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुनको लागि २३ गतेसम्म खेलाडीहरुको टिम दर्ता गर्न सकिने सो विद्यालयले जानकारी दिएको छ । खेलमा सहभागिताका लागि टिम दर्ताका गर्न २ हजार ५ सय रुपैयाँ लाग्ने छ ।
बास्केटबल जुनियर र सिनियर छात्र र छात्रालाई छुट्टछुट्टै समूह बनाएर खेलाइने छ । ४ फिट १० इञ्च भन्दा कम उचाई भएकालाई जुनियर र त्यो भन्दा बढी उचाई भएकालाई सिनियर मानिने केब्सले जानकारी दिएको छ ।
प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीले केब्जसमा निःशूल्क पढ्न पाउँने र अन्य विजयी प्रतियोगिलाई शिल्ड, मेडल र प्रमात्र–पत्र प्रदान गरिने कुमारी आवासीय माध्यमिक विद्यालय (केब्स) का कोअर्डिनेटर हेमन्त पराजुलीले जानकारी दिए । प्रतियोगिता केब्सको आफ्नै खेल मैदानमा सञ्चालन हुनेछ ।

प्रतिकृया

Add